महाकाली सन्धिमा हस्ताक्षर भएर कार्यान्वयनमा आएको दुई दशक भन्दा बढी भइसक्यो। त्यतिवेला जन्मेका युवायुवती आज तरुण भइसके। सन्धि पनि यही अवस्थामा पुगेको छ। तत्कालीन समयमा विरोध गर्ने बामदेव गौतम लोकेन्द्रबहादुर चन्द सरकारमा शक्तिशाली उपप्रधानमन्त्री हुँदा नै अनुमोदनसम्बन्धी दस्तावेज आदानप्रदान भएको थियो। आज पनि उनी प्रभावशाली नेता नै मानिन्छन्।
महाकाली नदीको हैसियत, पञ्चेश्वर आयोजना पश्चात् पानीको समान बाँडफाँट आदि विषयमा सरकारलाई मार्गदर्शन तथा यी विषयमा सरकारबाट हुने कामको अनुगमन गर्न संसदीय अनुगमन संयुक्त समिति गठन हुनुपर्नेमा जोड दिने माधवकुमार नेपाल प्रधानमन्त्री भइसके। तत्कालीन नेकपा एमालेद्वारा सन्धिका प्रावधान केलाएर अध्ययन गर्ने कार्यदलका संयोजक केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसके। उनी मात्र …
Author