‘डु नट किप द बल इन योर कोर्ट‘ वाला संस्कार वा समस्यालाई पन्छाउने वा अरूको थाप्लामा हालिदिने संस्कार त नेपाली प्रशासनको मात्र होइन, नेपाली राजनीतिलगायत सबै क्षेत्रको पनि संस्कृति बनिसकेको छ। हाम्रा नेता र राजनीति पार्टीहरूलाई हेर्यो भने जहिले अरूलाई नै दोषी देखाइराखेका हुन्छन्। आफू सत्तामा भए पनि आफूले काम गर्न नसक्नुको मुख्य कारण विरोधी पार्टीले असहयोग गर्नु नै हो भन्छन्। तर उनीहरू कहिल्यै पनि त्यसको जिम्मेवारी लिन खोज्दैनन्, कसरी हुन्छ आफ्नो कमजोरीलाई ढाकेछाप गर्न खोज्छन्। उनीहरू बल सधै अर्काको कोर्टमा फालिराखेका हुन्छन्।
सबैलाई चाहिने कुरा हो सुझाव र जताततै पाइने चिज पनि हो सुझाव। कसैलाई आफ्नो सानो समस्या सुनाउनुस्, …