Home » ताजा खबर
Category:

ताजा खबर

इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत लन्डन डर्बीको खेलमा साबिक विजेता आर्सनलले चेल्सीविरुद्ध पुनरागमन गर्दै २-१ को रोमाञ्चक जित दर्ता गरेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा सुरुवाती मिनेटमै पछाडि परेको स्थिति उल्ट्याउँदै आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो शतप्रतिशत नतिजा कायम राखेको छ।

खेलको दोस्रो मिनेटमै चेल्सीले अप्रत्याशित अग्रता लिएको थियो। चेल्सीका नयाँ खेलाडी मोर्गन रोजर्सले खेल सुरु भएको ७७ सेकेन्डमै शानदार भली गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। रीस जेम्सको फ्रि-किकपछि आर्सनलका डिफेन्डरले बल क्लियर गर्न नसक्दा रोजर्सले बक्सभित्रबाट सुन्दर गोल गरेका थिए। सुरुवाती झट्का व्यहोरेपछि आर्सनलले लगातार आक्रमण बुनेको थियो। खेलको १२ औँ मिनेटमा रिकार्डो कालाफियोरीले गोल गरे पनि भिएआरले …

0 comment
0 FacebookTwitterEmail

रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।

आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।

आइतबार साँझसम्म प्रहरी प्रधान कार्यालय नक्सालले जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेला परेको छ। यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।

को पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०२ पैसा …

0 comment
0 FacebookTwitterEmail

इङ्लिस प्रिमियर लिगअन्तर्गत सम्पन्न खेलहरूमा शीर्ष दाबेदार टोलीहरू म्यानचेस्टर सिटी र लिभरपुल दुवैले आ-आफ्नो खेलमा जित दर्ता गरेका छन्। म्यानचेस्टर सिटीले घरेलु मैदानमा कोभेन्ट्री सिटीलाई पराजित गर्दा लिभरपुलले भने पोर्टम्यान रोडमा इप्सविच टाउनलाई हराउँदै सिजनको पहिलो जित हात पारेको छ।

हालान्डको ३००औँ गोलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा

इतिहाद स्टेडियममा शनिबार भएको रोमाञ्चक भिडन्तमा म्यानचेस्टर सिटीले नवप्रवेश टोली कोभेन्ट्री सिटीलाई १-० गोल अन्तरले पराजित गरेको छ। सिटीको जितमा स्टार स्ट्राइकर एरलिङ हालान्डले निर्णायक गोल गरे।

खेलको २६औँ मिनेटमा एन्जो फर्नान्डेज र एन्टोइन सेमेन्योको पासमा हालान्डले हेडरमार्फत सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यो गोलसँगै हालान्डले आफ्नो क्लब करियरको ३००औँ गोल …

0 comment
1 FacebookTwitterEmail

रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनासकारी बाढीपछि हालसम्म एक हजार ३३१ जनाको शव फेला परेको छ भने पाँच हजार जना अझै सम्पर्कविहीन रहेका छन् ।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ता भएकाको खोजी तथा उद्धारलाई तीव्र बनाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १५६, नुवाकोटमा १९५, धादिङमा ६७, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२२, नवलपरासीपश्चिममा २१९ तथा चितवनमा ३६० रहेका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुनेमध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त हालसम्मको अद्यावधिक विवरणअनुसार करिब एक हजार ९६७ जना, नुवाकोटबाट करिब …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा …

0 comment
0 FacebookTwitterEmail

स्पेनिस ला लिगाअन्तर्गत गए राति भएको सनसनीपूर्ण खेलमा रियल म्याड्रिडले यस सिजनको पहिलो हार व्यहोरेको छ। घरेलु मैदान एस्टाडियो डि ला कार्टुजामा भएको खेलमा रियल बेटिसले बलियो टोली म्याड्रिडलाई १-० गोल अन्तरले स्तब्ध पारेको हो।

खेलको सुरुवातदेखि नै म्याड्रिडले आफ्नो दबदबा कायम राख्ने प्रयास गरे पनि बेटिसको कडा रक्षा पङ्क्ति र गोलकिपर अल्भारो भालेसको उत्कृष्ट प्रदर्शनसामु उनीहरूको केही लागेन। पहिलो हाफ दुवै टोलीबाट गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा थप आक्रामक बनेको रियल बेटिसका लागि वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका ट्रोय पारोटले ८१ औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए।

खेलको इन्जुरी समयमा रियल म्याड्रिडले बराबरी …

0 comment
1 FacebookTwitterEmail

भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुन:स्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन्। स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायतका साधन परिचालन गरेका छन्।

इच्छाकामना गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफ्नो पालिकाका स्थायी बासिन्दाको खोजी तथा उद्धारका लागि जनही रु २५ हजार उपलब्ध गराउने भएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीका अनुसार हालसम्म पालिकाका चार जना बाढीमा परी बेपत्ता भएको जानकारी प्राप्त भएको छ। गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट रु ११ लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ।…

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८७ रुपैयाँ १२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३१ पैसा …

0 comment
0 FacebookTwitterEmail

केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ।

राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ।

जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनको तौल–सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। उक्त राजमार्गमा १० टन तौलभन्दा बढीका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सडक जाम हुन नदिन ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको बताए। उनले …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved