Home » स्वास्थ्य
Category:

स्वास्थ्य

कालीकोटकी एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योति : फर्किदा दुःखको अन्धकार सदा हटेको छ। उनीको परिवारमा खुसीको सीमा नै छैन।

अति विपन्न विकले आठ वर्षदेखि उज्यालोसँग साक्षात्कार गर्ने अवसर गुमाएकी थिइन्। उनीले चाडै पुन:आँखाको ज्योति पाउँछु भन्ने कल्पना पनि थिइनन्।

बाल्यकालमै लागेको चोट (ट्रमा)का कारण दाहिने आँखाको दृष्टि पूर्णरूपमा उनीले गुमाएकी थिइन। अन्यत्रका साहारामा लिनुपर्दा उनीलाई आर्थिक अवस्था कमजोर, स्वास्थ्य सेवाको पहुँच टाढा र अभिभावकको सीमित उपस्थितिका कारण समयमै उपचार सम्भव हुन सकेको थिएन।

उनका बुबा रोजगारीका लागि भारतमा रहने भएकाले परिवारको जिम्मेवारी पनि सहज थिएन। यस्तो अवस्थामा उनी उपचारको आशा नगरी बसिरहेकी थिइन्।

यही वैशाख १४ …

0 comment
0 FacebookTwitterEmail

लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उनकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार बिस्तारै धमिलिँदै गएको थियो।झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलिएको थियो।मनमा अस्पताल जाने रहर नभएको होइन, तर आर्थिक अभावले पाइला रोकिदिन्थ्यो ।

“आँखा नदेख्दा आफ्नै आँगनमा हिँडडुल गर्न पनि मुस्किल थियो”, सुकुमरियाले भनिन्, “डाक्टरलाई देखाउन र अप्रेसन गर्न पैसा कहाँबाट ल्याउने ? त्यही पीरले बसिरह्यौँ ।”

यस्तै समस्या थियो सोही वडाका ७० वर्षीय हिरा चौधरी र उनकी श्रीमती ७० वर्षीया निमानी चौधरीको पनि।बुढ्यौलीले छोपेको शरीर, त्यसमाथि गुम्दै गरेको दृष्टिले यो दम्पतीलाई अरूकै सहारामा बाँच्नुपर्ने बनाएको थियो ।

यही वैशाख १२ …

0 comment
0 FacebookTwitterEmail

विक्रम संवत् २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण ‘लकडाउन’मा मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए।

महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई पूर्ति गर्न समस्या देखियो। कोरोना नियन्त्रणलाई प्राथमिकता दिइएका कारण सुरक्षित गर्भपतन सेवा प्रदान गर्न अप्ठ्यारो भएको हो। महामारीमा परिवार नियोजनको सेवाको प्रयोगदर ३९ बाट ३७ प्रतिशतमा झरेको थियो।

विसं २०८१ साउनमा चितवनको एक अस्पतालमा गर्भपतन गराउने क्रममा महिलाको मृत्यु भयो। भरतपुर महानगरपालिका–२६ की ३२ वर्षीया नवीना महतोको अत्यधिक रक्तस्राव नरोकिएपछि अकालमा निधन भएको थियो। तत्कालीन समयमा गर्भपतन सेवा दिएको स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी नै सूचीकृत तथा तालिम प्राप्तसमेत थिएनन्। ‘मेडिकल हव’मा …

कानुन छ, अनुगमन छैन: असुरक्षित गर्भपतन रोक्न किन असफल हुँदैछ राज्य?
0 comment
0 FacebookTwitterEmail

मेडिकल सिटीका रूपमा चिनिएको चितवनमा रगतको माग दिनप्रतिदिन बढ्दै गए पनि रक्तदाताहरूको सङ्ख्या भने सोही अनुपातमा बढ्न सकेको छैन। बर्सेनि रगतको माग बढे पनि स्वयंसेवी रक्तदाताहरू घट्दै जाँदा बिरामीको उपचारमा समस्या देखिन थालेको छ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार चितवनमा दैनिक १५० युनिटसम्म रगतको माग हुने गर्दछ। तर, सङ्कलनको अवस्था भने निराशाजनक छ। चालु आर्थिक वर्षको फागुनसम्ममा १६९ स्थानमा आयोजित रक्तदान कार्यक्रमबाट ११ हजार ५३२ युनिट र केन्द्रमै आएर रक्तदान गर्नेबाट ३ हजार १८१ युनिट मात्र रगत सङ्कलन भएको छ। अघिल्ला दुई वर्षको तथ्याङ्क हेर्दा पनि केन्द्रमा आएर रगत दिनेहरूको सङ्ख्या लगातार घटिरहेको देखिन्छ।…

0 comment
0 FacebookTwitterEmail

मधेश प्रदेशमा गाउँगाउँमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको ५२ करोड रुपैयाँको जनस्वास्थ्य प्रयोगशाला परियोजना अहिले व्यवस्थापकीय कमजोरी, समन्वय अभाव र नीतिगत अन्योलको सिकार बनेको छ। सुरुमा उपकरण, जनशक्ति र संरचना उपलब्ध गराइएका प्रयोगशालामध्ये अहिले अधिकांश सञ्चालनमा छैनन्। कतै भवन छैन, कतै केमिकल अभाव छ त कतै कर्मचारी छैनन्। परिणामस्वरूप नागरिकले पाउनुपर्ने आधारभूत स्वास्थ्य परीक्षण सेवा पाएका छैनन्।

मधेश प्रदेशका १३६ वटै स्थानीय तहमा झन्डै तीन वर्षअगाडि ५२ करोड रुपैयाँमा महँगो उपकरणसहित सञ्चालन गरिएका सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला जनशक्ति, केमिकल र व्यवस्थापन अभावले प्रयोगविहीन बनेका हुन्। सरकारी अधिकारीहरूको ध्यान उपकरण खरिदमा मात्र केन्द्रित हुँदा प्रयोगशाला बिजोग अवस्थामा पुगेका हुन्। सञ्चालन …

0 comment
0 FacebookTwitterEmail

नेपालगञ्जमा निजी क्षेत्रबाट सञ्चालित सञ्जीवनी अस्पतालमा मंगलवारदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ ।

मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ सञ्चालनमा ल्याएको अस्पतालका प्रबन्ध निर्देशक सन्तोषकुमार खनालले बताए । यस कार्यक्रमले विशेषगरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनले उल्लेख गरे।

अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले जानकारी दिए । जोखिमयुक्त गर्भावस्थाको नि:शुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा …

0 comment
0 FacebookTwitterEmail

‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ। क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यका साथ हरेक वर्षको मार्च २४ तारिखमा यो दिवस मनाउने गरिन्छ।

सन् २०३५ सम्म देशमा क्षयरोग अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी दिवसलाई भव्यताका साथ मनाउन लागिएको हो। यस वर्षका लागि तय भएको नाराले राष्ट्रिय अभियान, साझा जिम्मेवारी र जनसहभागिताको महत्वलाई उजागर गर्न खोजिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका साथ यस दिवसलाई भव्यताका …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन्। खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन्।

जिल्लाका सबै आठवटै स्थानीय तहमा एकसाथ सञ्चालन गरिएको अभियानमा हालसम्म उल्लेखनीय प्रगति देखिएको र मङ्गलबारसम्म लक्षित जनसङ्ख्याको ३१ दशमलव १ प्रतिशतले खोप सेवा लिइसकेको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईंले बताए। जिल्लाभर खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ। स्थानीय तहसँगको सहकार्यमा अपेक्षित उपलब्धि हासिल भएको हो।

जनस्वास्थ्य अधिकृत प्रविणकुमार खनालका अनुसार जिल्लाका सबै स्थानीय तहमा खोप सेवा नियमित रूपमा सञ्चालन भइरहेको छ। विशेषगरी …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध हुने भएको छ। स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच सोमबार राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो।

बोर्डका सूचना अधिकारी विकेश मल्लले समझदारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरी स्वास्थ्य बीमा प्रणालीलाई अझ सुरक्षित, छिटो, विश्वसनीय बनाइने बताए।

“अहिलेको सम्झौताअनुसार बोर्ड र विभागको तथ्याङ्कलाई एकीकृत गर्नेछौँ”, उनले भने, “त्यसपछि हामीले राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा प्रवाह गर्नेछौँ।” उनले आगामी चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण हुने बताए।

स्वास्थ्य …

0 comment
0 FacebookTwitterEmail

शिरानमा छ भिरालो जग्गामा गुुजुमुज्ज परेको दोबागाउँ । गाउँको पुछारमा उजाड लाग्दो पाखो छ । पाखोको छेउमै छ पहेँलो रङको पक्की भवन । अनकन्टारजस्तो ठाउँमा आकर्षक देखिने त्यो भवन दोवाको पालिकास्तरीय अस्पताल भवन हो ।

विसं २०७८ मा निर्माण सम्पन्न भएको त्यो भवन बाहिर हेर्दा चिटिक्कको देखिए पनि भित्र खण्डहरजस्तै बनेको छ । कारण हो– अस्पताल सञ्चालनमा आउन नसक्नु । निर्माण सम्पन्न भएको चार वर्ष बितिसक्दा पनि पाँच शय्या क्षमताको सो अस्पतालमा न उपकरण आए, न त चिकित्सक नै । अहिले करोडौँ रुपैयाँ खर्च गरेर बनाएको सो भवन अलपत्र अवस्थामा छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा पर्छ दोवागाउँ । …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved