सन् २०२३ को नोबेल पुरस्कारको घोषणा सोमबारदेखि सुरु भएको छ । यस अन्तर्गत आज फिजियोलोजी वा मेडिसिन क्षेत्रकालागि यो सम्मानका विजेताको नाम घोषणा गरिएको हो । यस वर्ष, क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्सा तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। उहाँहरूलाई यो सम्मान न्यूक्लियोसाइड आधार परिमार्जनसँग सम्बन्धित उहाँहरूको खोजको लागि दिइएको हो। यो खोजले कोरोनाभाइरस अर्थात् कोभिड-१९ विरुद्धको प्रभावकारी खोपको विकासमा मद्दत गरेको थियो ।
नोबेल समितिका सचिव थोमस पर्लम्यानले सोमवार कोरोलिन्स्का इन्स्टिच्युटमा विजेता घोषणा गर्नुभएको हो । उहाँले विश्वभरि १ करोड भन्दा बढीको ज्यान लिइसकेको कोरोना महामारीको विरुद्ध लड्न योगदान पुर्याउने पुरस्कार विजेताहरूको प्रशंसा गर्नुभएको थियो ।
क्यारिको र …