लोकतान्त्रिक शासन व्यवस्थामा अनुशासित नेतृत्व र नैतिकता आवश्यक रहने राजनीतिक दलका नेता र जानकारहरूले जोड दिनुभएको छ। लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालद्वारा ११ वैशाखमा काठमाडौँ आयोजित युवा संवादमा उहाँहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम रहेको बताउनुभयो।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका सचेतक सुनिता बरालले नेताहरूका जीवनशैली, व्यवहार र कामकारवाहीका आधारमा लोकतन्त्रिक अभ्यास मापन हुने बताउनुभयो।
उहाँले भन्नुभयो, “सेवाप्रवाहमा नागरिकले लोकतन्त्रको अनुभूति नपाउँदा राजनीतिक नेतृत्वप्रति विभिन्न कोणबाट टिकाटिप्पणी भएको हो।” देशभित्रका सम्भावनालाई बिर्सिएर विदेश पलायनलाई प्रतिष्ठानको विषय बनाउन नहुने धाराणा राख्दै नेत्री बरालले सरकार र राजनीतिक नेतृत्वले पनि प्रतिबद्धता जनाएका विषय …
