Home » अर्थतन्त्र/विकास » Page 5
Category:

अर्थतन्त्र/विकास

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर बलियो बन्दा अन्य विदेशी मुद्राको मूल्य पनि आज वृद्धि भएको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ …

अमेरिकी डलरको भाउ बढ्यो
0 comment
0 FacebookTwitterEmail

चुत्रो प्रशोधन गरी आयुर्वेदिकऔषधि बनाउन यहाँ चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको झण्डै रु आठ करोडको लगानीमा कुश्मा नगरपालिका–५ स्थित जलकेनीमा रहेको कालीण्डकी नदी किनारमा ‘एसडिएसडी’ उद्योग सञ्चालन गरिएको हो । दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त मात्रामा पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो सङ्कलन गरेर यहाँ प्रशोधन गरिने भएको छ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायत जिल्लामा प्रशस्त पाइन्छ ।

चुत्रोको जरा, हाँगा र डाँठलाई …

0 comment
0 FacebookTwitterEmail

महोत्तरीको जलेश्वर नगरपालिका–२ मा किराना व्यापार गर्दै आएका प्रेमचन्द्र साह जलेश्वर भन्सार क्षेत्रमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापना हुने कुराले निकै खुसी हुनुहुन्थ्यो । भारतलगायत तेस्रो मुलुकसँगको व्यापार, व्यवसाय सोझै नजिकैको जलेश्वर भन्सारबाट गर्न पाउने खबरले जलेश्वर–२ मै जेनेरल स्टोर्स सञ्चालन गर्दै आएका जलेश्वर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृपाशङ्कर साह पनि निक्कै उत्साहित हुनुभएको थियो ।

महोत्तरीसहित पर्साको वीरगञ्जबाहेक तराई मधेसका धनुषा, सिरहा, सप्तरी, सुनसरी, सर्लाही र रौतहटका साथै पहाडी जिल्ला सिन्धुली, रामेछाप, दोलखा, उदयपुर, खोटाङलगायत जिल्लालाई भारत र तेस्रो मुलुकसँगको व्यापार व्यवसाय सहज हुनेगरी निर्माण हुन लागेको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण हुने खवरले ती जिल्लाका दर्जनौँ …

0 comment
0 FacebookTwitterEmail

सिरहाको माडरस्थित प्रमुख भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टाइन’ नहुँदा भन्सारको राजस्व असुलीमा असर पुगेको छ ।

नेपाल–भारत दुई देशबीच मुख्यगरी तरकारी, खाद्यान्न र फलफूल आयत निर्यातमा समस्या खेप्दै आएको सिरहाका प्रमुख भन्सार अधिकृत तोयानाथ सापकोटाले बताउनुभयो । “यहाँ मासिक रु एक करोडभन्दा बढी राजस्व सङ्कलन हँुदै आएको छ, तर प्लान्ट क्वारेन्टाइन सेवा नहुँदा भारतमा उत्पादन हुने कृषि उत्पादन यो नाका हुँदै पैठारी गर्न र नेपालमा उत्पादित कृषिजन्यउपज भारत निकासी गर्न कठिनाइ हुँदै आएको छ”, उहाँले भन्नुभयो, “व्यवसायी र कृषकले समस्या भोग्नुपरेको छ, चोरी निकासी र पैठारी नियन्त्रण हुन सकिरहेको छैन ।”

क्वारेन्टाइन कार्यालय नहुँदा एकातिर व्यापारी विस्तारै निरुत्साही हुँदै गएका छन् …

0 comment
0 FacebookTwitterEmail

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित चार वटा टोलका स्थानीयले आयातित पेयपदाथ सेवनमा प्रतिबन्ध लगाएका छन् । आयातित पेयपदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्‍याएको भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा यसअघि सेवन गरिँदै आइएको आयातित पेयपदार्थ सेवनमा पूर्ण रूपले प्रतिबन्ध लगाएका हुन् ।

बाहिरी जिल्लाबाट आयातित पेयपदार्थ सेवनले आर्थिक, सांस्कृतिक तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिए । “हाम्रो गाउँमा बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापातलगायत आयातित पेयपदार्थ सेवन गर्ने चलन थियो । …

0 comment
0 FacebookTwitterEmail

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

यस्तै अष्ट्रेलियन डलर एकको …

विदेशी मुद्राको भाउ, कसको मूल्य कति ?
0 comment
0 FacebookTwitterEmail

नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ ।

तथ्याङ्ककअनुसार होटल उद्योगमा साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा एक लाख ४२ हजार दुई सय २३ होटल, रेस्टुरेन्ट रहेको तथ्याङ्क छ । कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी डा. हेमराज रेग्मीका अनुसार कार्यालयले गरेको यो सर्वेक्षण यस विधाको पहिलो बृहत् सर्वेक्षण हो । यसअघि ‘होटल तथा लज सर्वेक्षण २०६०’ गरिएको थियो । उक्त सर्वेक्षणमा आवास तथा भोजन व्यवसायसँग …

0 comment
0 FacebookTwitterEmail

रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या २५ हजार नाघेको छ ।

चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाइँकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिए ।

यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, बन पैदावार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पत्तिको …

0 comment
0 FacebookTwitterEmail

नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत र चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीलाई आज आयोजित एक कार्यक्रममा अस्थायी आवास निर्माण सम्पन्न भएको जानकारी दिँदै त्यससम्बन्धी कागजपत्र उनीहरूलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका-१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ मा ४९ अस्थायी आवास निर्माण गरेको थियो ।

बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार आवास हस्तान्तरण कार्यक्रममा अध्यक्ष पौडेलले बैंक समाजमा सकारात्मक प्रभाव पार्न सधैँ प्रतिबद्ध रहेको बताउँदै प्राकृतिक प्रकोपबाट प्रभावितलाई सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले …

0 comment
0 FacebookTwitterEmail

नेपाल आयल निगमले यही पुस अन्तिम सातादेखि भारतको मोतिहारीदेखि पाइपलाइनबाट डिजेलसँगै पेट्रोल र मट्टितेल पनि ल्याउने तयारी गरेको छ । निगमले २०७६ सालदेखि पाइपलाइनमार्फत मोतिहारीदेखि अमलेखगन्जसम्म डिजेल आयात गरिरहेको छ ।

पेट्रोल, डिजेल र मट्टितेल आयात गर्न सकिने गरी निर्माण गरिएको ‘मल्टी प्रोडक्ट पाइपलाइन’बाट पेट्रोल र मट्टितेल ल्याउने काम अन्तिम चरणमा पुगेको निगमको मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिनुभयो । निगमले परियोजनाको दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने कामको परीक्षण सफल गरिसकेको छ ।

प्रमुख आचार्यले भन्नुभयो, “पाइपलाइनबाट परीक्षणका रूपमा पेट्रोल र मट्टितेल अमलेखगञ्ज ल्याएका छौँ, भण्डारणका लागि डिपोभित्र नयाँ पाइपलाइन र ट्याङ्क निर्माण भएको छ । …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved