सन् १९११ मे १३ का दिन करिब साढे छ बजे नेपालका तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले काठमाडौं सहरको केन्द्र टुँडीखेलस्थित स्विच खोलेर नेपालको पहिलो तथा दक्षिण एसियाको दोस्रो जलविद्युतको उद्घाटन गरे । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाका नाममा स्थापित चन्द्र ज्योति हाइड्रोपावर स्टेसनको क्षमता ५०० किलोवाट थियो । यसलाई बनाउन चार वर्ष र करिब १० लाख दिनको काम लागेको थियो । निरङ्कुश राणाशासकका दरबारमा बिजुली बाल्न बनाइएको यो पावर स्टेसनले काठमाडौंदेखि दक्षिण १२ किमि दूरीमा रहेका पानीका दुई स्रोत उपयोग गथ्र्यो ।
यो जलविद्युत् गृह अमेरिकास्थित एपल्टन, विस्कन्सिनको फक्स नदीमा सन् १८८२ मा बनाइएको संसारको पहिलो जलविद्युत् गृह (प्लान्ट)को ३० वर्षपछि र …
