डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा राखिने वस्तुलाई सम्झने गरिन्छ । डाटाको इतिहास लण्डनबाट सुरुभएको देखिन्छ । सन् १६६३ मा जोन ग्रान्टले लन्डन र पेरिसमा म्यानुअल पद्धतिमा राखिएका मृत्यु रेकर्डबाट डाटाको अध्ययन विश्लेषण सुरु गरेका हुन् । कम्प्युटर भाषामा चाहिँ डाटा शब्द सन् १९४६ मा भण्डारण गर्न मिल्ने जानकारीका रूपमा प्रथम पटक प्रयोग भएको देखिन्छ । डाटा प्रशोधनको प्रयास पहिलो पटक सन् १९५४ मा प्रयोग भएको थियो भने डाटा भन्नाले हिजोआज सूचना सिद्धान्त अनुसार अक्षर अङ्क स्ट्रिङ वा सङ्ख्याका मानहरूमा बाइनरी (द्विआधारी) अङ्कका सहायताले राखिने सामग्रीलाई जनाउछ । हुन त कम्प्युटर सञ्चालन प्रणाली क्वान्टम (प्रमात्रा) पद्धतिमा परिणत भएपछि …
