काठमाडौँको तीनकुने आगजनी घटनामा ज्यान गुमाउनु भएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको सम्झनामा लुम्बिनीमा १ सय ८ दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली सभा आयोजना गरिएको छ।
मधेसी पत्रकार समाज र मर्चवार प्रेस क्लब रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा दिवङ्गत आत्माको चिर सान्तीको कामना गर्दै पत्रकार रजकको निष्ठा, समर्पण र बलिदानलाई सम्मान व्यक्त गरिएको हो।
मधेसी पत्रकार समाज नेपाल, लुम्बिनी प्रदेश अध्यक्ष राम विकास चौधरीले पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारिता क्षेत्र असुरक्षित बन्दै गएको जिकिर गर्नुभयो। “एक सत्यनिष्ठ, मेहनती र निर्भीक पत्रकारलाई आन्दोलनको क्रममा यसरी जलाएर हत्या गरिनु केवल व्यक्तिगत क्षति मात्र होइन, यो सम्पूर्ण पत्रकारिता क्षेत्रको लागि गम्भीर …
