मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।
“अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,” नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामले एएफपीलाई टेलिफोनमा बताउनुभयो ।
सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक शनिबार बिहान १०ः०० बजे डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताउनुभयो ।
“अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,” सुकुवामले बताउनुभयो । “हामी चीजहरू स्पष्ट गर्न घटनास्थलमा छौं ।”
गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ ।

