हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा सर्वसाधारणलाई दसैँको टिका लगाइने भएको छ। मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले दसैँको अवसरमा सर्वसाधारणलाई टिका, जमरा र आशीर्वाद दिने कार्यक्रम रहेको बताए।
विजया दशमीको शुभ साइतको दिन अक्षता रुपी टिका, जमरा लगाएर सर्वसाधारणलाई आशीर्वाद दिइने पुजारी सुवेदीको भनाइ छ। आफन्त, मान्यजन र परिवारबाट टाढा भएका तथा अभिभावक नभएकालाई मुक्तिनाथ मन्दिरमा दसैँ टीका लगाइदिने व्यवस्था गरिएको हो।
दसैँको दिन बिहान ५ बजेदेखि मुक्तिनाथमा भगवानको नृत्य आराधना सुरु हुनेछ। अराधन सकिएलगत्तै दसैँको टीका लगाउने कार्यक्रम रहेको पुजारी सुवेदीले जानकारी दिए। भगवानको नृत्य कर्म करिब २ घण्टासम्म चल्नेछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा