विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार । विसं २०७२ को भुकम्पबाट पूर्ण रूपमा क्षति भएको दरबार चीन सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो ।
विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित गद्दी बैठक भवन । यो बैठक भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा क्षति भएपछि अमेरिकी सहयोगमा पुनर्निर्माण गरिएको हो ।
अछामको ढकारी गाउँपालिका–८ घोडासैनको पल्साती जिउँलोमा किसानले लगाएको गहुँ बाली । प्रशस्त उब्जाउ हुने यस क्षेत्रमा सिँचाइको अभाव हुँदा गहुँ सुक्न थालेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित मातृचक्र। एउटा आमाको जीवनचक्र झल्काउने मातृचक्र परिक्रमा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पछिल्लो समय बढेको छ ।
जाजरकोट, डोल्पा र रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको सिमानामा रहेको भेरी नदीको किनारमा रहेको त्रिवेणीबजार । यहाँ स्वास्थ्य, विद्यालय एवं सञ्चारको सेवा समेत नहुँदा स्थानीयवासीहरु समस्यमा रहेका छन् ।
दाङको बङ्लाचुली गाउँपालिका–४ स्थित जुम्लेपानीबाट बुधबार बिहान देखिएको बादलको घुम्टोले छोपेको बङ्लाचुली, घोराही उपमहानगरपालिका र देउखुरी उपत्यकाको भू–भाग ।