कोशी प्रदेश नामाकरणको विषयलाई लिएर विराटनगरमा भएको आन्दोलनका क्रममा आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही घाइते भएका छन् ।
प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गर्नुपर्ने मागसहित पहिचान पक्षधरले गरेको प्रदर्शनका कारण कोशी प्रदेशसभा भवनआसपास क्षेत्र विहानैबाट तनावग्रस्त बनेको थियो । सो क्रममा प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले ढुंगा प्रहार गर्दा केही प्रहरी समेत घाइते बनेका थिए । सो क्रममा प्रहरीले दर्जन बढी अश्रु ग्यास प्रहार गरेको थियो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरेसँगै आन्दोलन चर्किएको हो ।
उनीहरुले प्रहरीमाथि गुलेलीसमेत प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको विराटनगरको कोशी, गोल्डेनलगायतका अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनमा सहभागीमध्ये ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
