भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन्। उच्चस्तरीय भेटवार्तासँगै नेपाल र भारतबीच आधा दर्जनभन्दा बढी परियोजना अगाडि बढाउने विषयमा समझदारी भएको छ। नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा(चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत
समझदारी भएका विषयमा जानकारी दिएका छन् ।
के के भए त सम्झौता ?
– नेपाल–भारत पारवहन सम्झौता नवीकरण ।
– अमलेखगञ्जबाट चितवन र सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने सहमति ।
– परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने समझदारी ।
– चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने ।
– ६६९ मेगावाटको तल्लो अरुणको भारतीय कम्पनीसँग पीडिए ।
– फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति ।
– नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्ने सम्झौता ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पानीको अभाव भएपछि दमकलबाटै पानी वितरण
- हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक
- लक्ष्मीदेवीका तीन अंग्रेजी कवितासंग्रह एकसाथ लोकार्पण
- संसद् छलेर किन ल्याइयो अध्यादेश? के छ त्यसमा?
- लगानीको किस्तीमा सजाइएका २० परियोजना
- नयाँपुस्ताले त्याग्यो मौलिक सीप
- प्राथमिकतामा बिजुली
- लगानी सम्मेलन: पहिलो दिनमा दुई सम्झौता
- वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
- फेरिँदैछ वीरगञ्ज