रुस नियन्त्रित दक्षिणी युक्रेन इलाकामा पर्ने सोभियतकालीन बाँध भत्केको छ। बाँध भत्किएपछि युद्धस्थलमा पानीको बाढी आएको रुस–युक्रेन दुवै पक्षका सेनाले बताएका छन्। बाँध कसले भत्कायो भन्नेबारे दुवै देशले एक–अर्कालाई दोषी ठहर्याएका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको अप्रमाणिक भिडियोमा कखोभ्का बाँधवरिपरि विस्फोटको शृंखला देखिएको छ। यस्तै अन्य भिडियोमा बाँधको अवशेषका माध्यमबाट पानीको बहाव देखिएको छ।
उक्त बाँध ३० मिटर अग्लो र ३.२ किलोमिटर लामो छ। सन् १९६५ मा कखोभका जलविद्युत् आयोजनाको हिस्साका रुपमा निप्रो नदीमा निर्माण गरिएको थियो। यो बाँधमा १८ किलोमिटरभन्दा बढी जलाशय छ। २०१४ मा रुसले कब्जा गरेको क्राइमेन प्रायद्वीप र जापोरिझ्झिया परमाणु संयन्त्रलाई यो बाँधले पानी आपूर्ति गर्छ, जुन रुसकै नियन्त्रणमा छ।
युक्रेनी सेनाका अनुसार उक्त बाँधलाई रुसी सेनाले भत्काएका हुन्। युक्रेन सशस्त्र सेनाका दक्षिण कमान्डलरले सामाजिक सञ्जालमार्फत बाँध रुसी सेनाको भत्काएको बताएका छन्। यस्तै उनले विनाशको मापन, पानीको गति र मात्रा तथा डुबानको सम्भावित क्षेत्रबारे स्पष्ट पार्नेसमेत बताएका छन्।
रुसी समाचार एजेन्सीका अनुसार रुसी सेनाको नियन्त्रणमा रहेको बाँध आक्रमणमा ध्वस्त भएको थियो। तर रुसी अधिकारीले भने यो आतंकवादी हमला भएको बताएका छन्।
रोयटर्सबाट
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
- बस्तीमा बाढी पस्दा २२ घर डुबानमा
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
- आर्थिक वर्ष २०८२/८३ को बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
