आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बिहीबार संसदमा बजेट भाषण गर्दै आर्थिक वर्ष २०८२/०८३ का लागि उक्त बजेट घोषणा गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा सरकारले बजेटको आकार बढाएको छ ।
चालू आर्थिक वर्षको १८ अर्ब ६० अर्ब ३० करोड रहेको छ ।कुल बजेटको ६०.१% अर्थात् ११ खर्ब ८० अर्ब ९८ करोड चालु खर्चमा, २०.८% अर्थात् ४ खर्ब ७ अर्ब ८९ करोड पुँजीगत खर्चमा र १९.१% अर्थात् ३ खर्ब ७५ अर्ब २४ करोड वित्तीय व्यवस्थामा विनियोजन भएको छ।
आगामी वर्ष प्रदेश र स्थानीय तहमा ४ खर्ब १७ अर्ब ८३ करोड हस्तान्तरण हुनेछ, जुन चालु वर्षको ४ खर्ब ८ अर्ब २७ करोडभन्दा बढी हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा राजस्व बाँडफाँड र अनुदानमार्फत प्रदेश र स्थानीय तहलाई वित्तीय हस्तान्तरणका रूपमा यो रकम जाने बताए ।
खर्च जुटाउन सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ३३ अर्ब ६६ करोड र वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ।
कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता
सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए ।
मदिरा, बियर, सुर्ती र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार महसुलका केही दरमा समायोजन गरेको बताए । उनले भने,‘ विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको छु स्वास्थ्य जोखिम करको दायरा विस्तार गरेको छु । विद्युतीय विजक प्रणालीमा करदाताको आबद्धता बढाउँदै केन्द्रीय विजक अनुगमन प्रणालीको दायरा फराकिलो बनाइने छ ।’
हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन
सरकारले हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त जानकारी दिए ।
‘हुलाकी राजमार्गको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी तराईको आर्थिक विकास तथा अन्तर आबद्धतालाई सुदृढ गरिनेछ,’ उनले भने, ‘यसका लागि ३ अर्ब ५६ करोड बजेट विनियोजन गरेको छु ।’
वृद्ध भत्ताको उमेर ७० वर्ष कायम
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले घोषणा गरे ।साथै ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने उनले बताए । साथै वृद्ध भत्ताको उमेर ७० वर्ष कायम भएकाे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बालमैत्री घोषित जिल्लामा बालविवाहले ‘निरास’ बनाएका जिन्दगी
- बजेटमार्फत विभिन्न शीर्षकका करसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर
- आइएमएफले ५० करोड डलर ऋण युक्रेनलाई दिने
- आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक हुँदै
- मे २९ – अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै
- कस्तो छ बजेट आउने दिनमा विदेशी मुद्राको विनिमय दर ?
- गण्डकी प्रदेशका नौ अस्पताल स्तरोन्नति हुँदै
- सुडानमा हैजाको प्रकोप: एकै हप्तामा १७२ जनाको मृत्यु
- पर्यटक प्रवर्द्धनका लागि पार्क सञ्चालन
- पढाइसँगै सीप सिकाउँदै विद्यालय
