नेपालको लागि आर्थिक वर्ष २०८२/०८३ को बजेट आज दिउँसो ३ बजे सार्वजनिक हुँदै छ ।
नेपालको संविधानअनुसार जेठ १५ गते अर्थमन्त्रीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्ने व्यवस्था छ । उक्त व्यवस्थाबमोजिम सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन लागेको छ । बजेटअघि मन्त्रिपरिषद्बाट पास गरेर संसदमा दुवै सदनमा अर्थमन्त्रीले प्रस्तुत गर्नेछन् ।
विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अबरुद्ध गर्दै आएको भए पनि बजेट भने ल्याउन दिने बताएका छन्।
सरकार मंगलबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने तयारीमा भए पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदा सम्भव भएन। प्रतिनिधिसभा बैठक बुधबार पनि अवरुद्ध भएकाले सरकारले आर्थिक सर्वेक्षण पेस गर्न सकेन।
सङ्घीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बिहीबार दिउँसो १ः३० बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्नेछन् । सोही दिन दिउँसो १ः४५ बजे अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेस गर्ने र दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस अघि राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटका लागि १८ खर्ब ६३ अर्ब रूपैयाँ सिलिङ दिएको छ।
चालु आर्थिक लागि गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । उक्त बजेटलाई अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको मध्यावधि समीक्षामार्फत ९.०१ प्रतिशतले वार्षिक बजेट संशोधनको आकार घटाएका थिए ।
अर्थमन्त्री पौडेलले पुनले ल्याएको बजेट रकम खर्च गर्न नसकिने भन्दै ९.०१ प्रतिशत अर्थात् करिब २ खर्बले घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा बजेटको आकार केही कम गरेर १७ खर्ब ५१ अर्बको बजेट ल्याइएकोमा अहिलेसम्म चालु आर्थिक वर्षको बजेट १२ खर्ब २१ अर्ब मात्रै कार्यान्वयन भएको तथ्याङ्कले देखाउँछ । त्यस्तै, २०७९/८० मा बजेटको आकार १७ खर्ब ९३ अर्ब पुग्यो तर सो वर्षमा १४ खर्ब २१ अर्ब बजेट खर्च भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुनार खेतीबाट दोहोरो कमाइ, विदेशबाट फर्केका युवाको नयाँ बाटो
- त्रिविको आग्रह : समस्या वार्ता र संवादबाट समाधान गरौँ, हडताल-तोडफोड नगर्नू
- सहिद दिवसमा व्यास नगर अल्ट्रा म्याराथन
- शक्तिराष्ट्रहरूले विश्व सहयोगलाई कमजोर पार्दै : गुटेर्रेस
- आजबाट राष्ट्रिय सभाको अधिवेशन
- लोपोन्मुख पुर्ख्यौली संस्कृति जोगाउन, मालिका गाउँपालिकामा ऐतिहासिक प्रतियोगिता
- बागमती प्रदेश सरकारको बजेट कार्यान्वयन कमजोर
- आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया सुरु
- फागुन २१ निर्वाचन : तनहुँमा निर्वाचन प्रहरी भर्नामा कम चासो, समय थप
- मस्कको आफ्नै बच्चाकी आमाद्वारा एक्सएआई ग्रोक विरुद्ध मुद्दा दायर