अमेरिकी पूर्वराष्ट्रपति डोनाल ट्रम्पविरुद्ध फेरि अर्को आपराधिक मुद्दा दायर भएको छ । सन् २०२१ मा राष्ट्रपति चुनावमा पराजय भोगेपछि ‘क्लासिफाइड डकुमेन्ट्स’ घर लगेको विषयमा उनीविरुद्ध मुद्दा दायर भएको हो । ट्रम्पविरुद्ध ७ आरोप तय भएका छन् । जुन १३ तारिखका दिन उनलाई मियामी संघीय अदालतमा पेस हुन भनिएको छ ।
यसअघि अप्रिलमा उनीमाथि पोर्न स्टारलाई पैसा दिएर मामला गुपचुप पार्न खोजिएको आरोपमा मुद्दा दायर भएको थियो । यस मुद्दामा अदालतले अप्रिल ४ मा ट्रम्पमाथि ३४ आरोप लगाएको थियो । यद्यपि कुन–कुन आरोप लागेका छन् भन्ने अदालतले बताएको छैन । यता ट्रम्पले क्लासिफाइड डकुमेन्टको आरोप आधारहीन भएको बताएका छन् ।
ट्रम्पका वकिल जिम ट्रस्टीले सिएनएनलाई बताएअनुसार ट्रम्पविरुद्ध जासुसी ऐनअन्तर्गत आरोप दर्ता भएको छ । यस्तै षड्यन्त्र रच्ने, झुटो बयान दिने, न्यायमा खलल पुर्याउने, अभिलेखसँग खेलवाल गर्ने र नक्कली दस्तावेज बनाएको आरोप पनि लागेको छ ।
म निर्दोष छु: ट्रम्प
पूर्वराष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै आफू निर्दोष रहेको दाबी गरेका छन् । ‘मैले न्यायालयमा आपराधिक मुद्दा दायर भएको सूचना पाएँ । जुन १३ तारिखमा अदालतमा पेस हुन भनिएको रहेछ । बाइडेनको भ्रष्ट सरकारले मेरा वकिललाई जानकारी दिएपछि थाहा पाएँ,’ उनले भनेका छन् ।
ट्रम्पले २०२१ जनवरीमा राष्ट्रपति चुनाव हारेपछि ह्वाइट हाउसका कैयौँ क्लासिफाइड डकुमेन्ट्स फ्लोरिडास्थित घर लगेको आरोप लाग्यो । यस्तै उनले ती डकुमेन्ट राष्ट्रिय अभिलेखालयलाई दिन पनि अस्वीकार गरे । त्यसपछि यो विषय एफबिआई पुग्यो र छानबिन गर्दा ट्रम्पको घरबाट ३०० भन्दा बढी दस्तावेज बरामद भए ।
१९ मुद्दामा अनुसन्धान जारी
योबाहेक ट्रम्पमाथि थप १९ मुद्दा चलिरहेका छन् । यीमध्ये आधा जति मुद्दा उनी राष्ट्रपति हुँदा गलत आचरण गरेकोविरुद्ध छन् । उनीमाथि चलेका धेरैजसो मुद्दा आर्थिक अनियमितता, २०२१ जनवरी ६ मा संसद्मा भएको हिंसामा रहेको उनको भूमिका र २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने प्रयासबारे छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- तराई भेगमा तातो लहर चल्ने पूर्वानुमान
- आज १९औँ लोकतन्त्र दिवस
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
