टाटा ग्रुपको स्वामित्व रहेको एयर इन्डियाले ४७० वटा विमान खरिद गर्ने भएको छ। एयरबस र बोइङमार्फत विमान खरिदका लागि ग्रुपले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
यसै वर्ष फेबुअरीमा घोषणा भएको ७० अर्ब डलर लगानीबाट फ्लिट विसता गर्ने कार्यक्रमको हिस्सा भएको बताइएको छ।
एयर इन्डियाले ३४ ए ३५०–१०००, ६ ए ३५०–९००, २० बोइङ ७८७ ड्रिमलाइन र १० बोइङ ७७७ वाइडबडी एयरक्राफ्ट खरिद गर्नेछ। यसैगरी १४० एयरबस ए ३२० निओ, ७० एयरबस ए ३२१ निओ र १९० बोइङ ७३७ म्याक्स न्यारोबडी एयरक्राफ्टसमेत खरिद गर्न लागेको हो।
टाटा सन्स र एयर इन्डियाका अध्यक्ष एन चन्द्रशेखरनले एयर इन्डियाको दीर्घकालीन विकास र सफलताका लागि यो ऐतिहासिक सफलता भएको बताएका छन्।
यस्तै प्रमुख कार्यकारी अधिकृत एव प्रबन्ध निर्देशक क्याम्पबेल विल्नसनका अनुसार एयर इन्डियाले पाँच वर्षभित्र आफ्नो रुट नेटवर्कमा उन्नत र उत्कृष्ट विमान सञ्चालन गर्नेछ।
एयरलाइन्स अधिकारीहरूका अनुसार एयरबस कम्पनी स्याटएयर र बोइङ ग्लोबल सर्भिसेज एयर इन्डियालाई समाधानको विस्तृत शृंखलसहित समर्थन गर्नेछ। यसमा पाटपुर्जा, हिफाजतको प्रावधान, डिजिटल एप्लिकेसन र संशोधन सेवा छन्।
एयरबस ए ३५० को डेलिभरी यसै वर्षको अन्तिममा हुने र अन्य अर्डर २०२५ भित्र आइसक्ने अनुमान छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
