२०२० मा कोभिड महामारीका कारण विश्वव्यापी लकडाउन थियो। मानिसहरू घरभिन्त्रै बन्द थिए। तर अमेरिकी भने धमाधम गन खरिद गरिरहेका थिए। २०२० मा अमेरिकामा मात्रै दुई करोड २० लाख गन बिक्री भयो, जुन २०१९ को तुलनामा ६४ प्रतिशतले बढी हो।
नेसनल सुटिंग्स स्पोर्ट्स फाउन्डेसनका अनुसार यीमध्ये ७५ लाख गन नयाँ अर्थात् त्यसअघि कुनै हातहतियार नराखेका मान्छेले खरिद गरेका थिए।
२०२१ मा गन हिंसाबाट (आत्महत्यासहित) ४८ हजार आठ सय ३० जनाको मृत्यु भएको देखिन्छ। अमेरिकी संसद्ले २०२१ मा गन हिंसासँग जोडिएका कारण खोज्न फेडरल एजेन्सीलाई शोधका लागि अर्बौं रकम छुट्याएको थियो। शोध प्रतिवेदनमा केही तथ्य भेटिएका छन्।
हार्वर्ड र नर्थ इस्टर्न युनिभर्सिटीका शोधकर्ताको अनुमानमा जनवरी २०१९ देखि अप्रिल २०२१ बीच ७५ लाखभन्दा बढी अमेरिकी नागरिकले पहिलोपटक गन खरिद गरे। यी नयाँ खरिदकर्ता धेरै गन खरिद गर्ने श्वेत मानिसभन्दा भिन्दै छन्। यसमा पनि आधा संख्या महिलाको छ। सोही वर्ष गन प्रहार गरी २६ हजार तीन सय २८ जनाले आत्महत्या गरेका थिए।
नेसनल राइफल एसोसिएसन र नेसनल सुटिंग्स स्पोर्ट्स फाउन्डेसनजस्ता संस्थाका अनुसार अमेरिकीले आत्मरक्षाका लागि गन खरिद गर्छन्।
गनले निम्त्याउने खतरा
विभिन्न शोधले देखाउँछ कि हातहतियारमा सजिलै पहुँच हुँदा घर सुरक्षित हुँदैन। बरु उल्टै आत्महत्या बढ्ने आशंका बढ्छ।
मिसिगन युनिभर्सिटीमा बिहेभियर साइन्टिस्ट रेबेका सोकोल भन्छिन्, ‘जसको घरमा गनसम्म सहज पहुँच छ, त्यहाँ गनले घाइते हुने वा मृत्यु हुने आशंक पनि बढाउँछ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
- मेलम्चीको पानी वितरण विस्तार
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
