पाँचथर जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले लोकतन्त्रको सुनिश्चितताका लागि सूचनाको हक महत्वपूर्ण भएको बताउनु भएको छ।
पाँचथरको फिदिममा सूचनाको हक सम्बन्धी बहुपक्षीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सापकोटाले सो कुरा वताउनुभएको हो। आफ्नो र जिल्ला समन्वय समितिको सूचनाको हकप्रति प्रतिवद्धता व्यक्त गर्दै सार्वजनिक निकायका साथीहरूले उठाएका विषयमा आयोग सम्वेदनशील हुनुपर्ने उहाँले बताउनु भयो ।
राष्ट्रिय सूचना आयोगको आयोजनामा सम्पन्न सो कार्यक्रमको अध्यक्षता आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङले गर्नुभएको थियो । उहाँले सूचनाको हकको प्रवर्द्धनमा सबै लाग्नु पर्नेमा जोड दिँदै पाँचथरमा कार्यक्रम आयोजना गरेकोमा आयोगलाई धन्यवाद दिनुभयो । कार्यक्रमका अध्यक्ष गुरुङले सूचनाको हकका विविध आयाममाथि प्रकाश पार्दै सूचनाको हकको सुनिश्चितताका लागि विभिन्न विषयमा आफ्ना राय र सुझाव पेश गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा आयोगका सचिव भागिरथ पाण्डेले सूचनाको हकका बारेमा भएका संवैधानिक तथा कानूनी व्यवस्था, सार्वजनिक निकायको दायित्व, दण्ड सजायको व्यवस्था, सूचनाको हक प्रयोग गर्दा हुने फाइदा र आयोगले अन्तरक्रिया कार्यक्रमवाट अपेक्षा गरेका विषयहरूमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पाँचथरका जिल्लाका प्रमुख जिल्ला अधिकारीले सूचनाको हकप्रति पाँचथर जिल्ला प्रतिवद्ध भएको बताउँदै प्रत्येक महिना सूचना अधिकारीको बैठक बोलाउने गरेको तथा तीन–तीन महिनामा स्वतः प्रकाशन गर्ने गरेको जानकारी दिनु भएको थियो ।
कार्यक्रममा सहभागीहरूले खर्चको विवरण जो सुकैले माग्दा दिन पर्ने कि नपर्ने, जे पनि माग्न पाइने हो कि होइन, कति समय अगाडी सम्मको सूचना दिन पर्ने हो, अन्य जिल्लाका नागरिकले पाँचथर जिल्लाका निकायको सूचना किन माग गर्ने, छुट्टै सूचना अधिकारीको व्यवस्था हुनु पर्ने, कर्मचारीको अभावमा सूचना समयमा उपलव्ध गराउन बाधा पुग्ने गरेको, सूचना माग गर्ने गिरोह नै पो छन् कि, सूचना माग गर्दै गर्दा गलत मनसाय प्रकट गरे के गर्ने जस्ता जिज्ञाशा तथा सूचनाको हक सम्बन्धी कानून नै संसोधन गर्नु पर्ने हो की भन्ने सुझाव पनि प्रकट भएको थियो । आयोगका तर्फबाट सूचना आयुक्त गुरुङ र सचिव पाण्डेले सहभागीहरूको विविध जिज्ञाशाहरूको जवाफ दिनुभएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा जिल्लाका सार्वजनिक निकायका प्रमुखहरू, सूचना अधिकारी, कर्मचारी, नागरिक समाज, सूचनाको हकका अभियन्ता एवं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह
- पाथीभरासहित ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात
- हमासलाई ट्रम्पको चेतावनी
- लस एन्जलिसको डढेलो तीव्र गतिमा फैलिँदै, हजारौँ मानिस घर छाडेर भागे
- ट्रम्पको होटल अगाडि च्याटजीपीटी एआईमार्फत विस्फोट गराइएको थियो साइबरट्रक
- उनन्तीस वर्षदेखि ओडारमा व्यापार
- क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा, एलन मस्कको प्रतिक्रिया
- चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प
- बढ्यो काठमाडौँ उपत्यकाको वायु प्रदूषण