वैदेशिक रोजगारी र भ्रमणका सिलसिलामा थुप्रै नेपाली ओहोरदोहोर गरिरहन्छन्। विदेश पुगेपछि केही राम्रा र आवश्यक सामान नेपाल लैजान मन कसलाई लाग्दैन र ? तर नेपालको भन्सारबारे सही जानकारी नहुँदा झन्झट व्यहोर्नुपर्छ।
यसैलाई मध्येनजर राख्दै नयाँ नियमअनुसार विदेशबाट फर्केका नेपालीले के–के सामान ल्याउन पाउँछन् भन्ने कुराको विवरण यहाँ दिइएको छ।
नेपाल सरकारले जेठ १५ गतेदेखि लागू हुने गरी विदेशी मुलुकबाट नेपाल भित्रिने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सामानको सूची राजपत्रमा प्रकाशन गरेको छ। नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिकले विदेश गई फर्किंदा व्यक्तिगत प्रयोजनका लागि आफूले प्रयोग गरेका वस्तु ल्याउँदा कुनै भन्सारशुल्क नलाग्ने राजपत्रमा उल्लेख छ।
शुल्क नलाग्ने सामानमा लुगाफाटा, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएको औषधि, शारीरिक अपांगता भएका व्यक्तिले सहाराका रुपमा प्रयोग गर्ने सामान रहेका छन्।
यसैगरी पुरुषले २५ र महिलाले ५० ग्रामसम्म सुन ल्याउँदा कुनै भन्सारशुल्क लाग्दैन। ५०० ग्रामसम्म चाँदी र एक लाख रुपैयाँसम्मका जवाहिरात जडित सुनचाँदीका गहना ल्याउँदा पनि कुनै शुल्क तिर्नु पर्दैन।
सामान्य गहनाको आकार मात्रै बनाएर बेरुवा औँठी, बाला, सिक्रीजस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाका रूपमा ल्याउनचाहिँ पाइँदैन।
विदेशबाट फर्किने नेपालेली ट्याबलेट, ल्यापटप वा डेस्कटप कम्प्युटर एक–एक थान ल्याउन पाउँछन्। घडी, क्यामरा, भिडियो क्यामरा र मोबाइल पनि एक–एक थान ल्याउन पाउँछन्।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई लगातार कम्तीमा ६ महिना काम गरेर फर्केका नेपालीले थप एउटा (कुल दुइटा) मोबाइल ल्याउन पाउँछन्। यसमा कुनै भन्सारशुल्क लाग्दैन। तर दुई वटाभन्दा माथि ल्याएमा भन्सारको नियमअनुसार शुल्क तिनुपर्छ।
मदिराको हकमा भने एक लिटरसम्म ल्याउन पाइने नयाँ व्यवस्था छ। यस्तै सात किलोसम्म खाद्यसामग्री ल्याउँदा पनि कुनै महसुल तिर्नु पर्दैन।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
