अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा उहाँलाई उपत्यका प्रहरी अपराध महाशाखाले शुक्रवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो। एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपमा अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरिएको जानकारी आएको छ ।
फिल्म ‘रावायण’मा काम गर्ने वाचा गरेर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशक तथा निर्माता सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी दिनुभएको थियो । त्यही उजुरीको प्रक्रियाका बारेमा छलफल गर्न प्रहरीले अनमोल केसीलाई धेरै पटक चौकीमा सम्पर्क गर्न अनुरोध गरेको थियो तर कलाकार अनमोल केसीले त्यसलाई बेवास्ता गर्नुभएको प्रहरी श्रोतले जनाएको छ। त्यसपछि अदालतबाट अनुमति लिएर कलाकार अनमोल केसीलाई पक्राउ गरेको हो । अहिले कलाकार अनमोल केसी मिनभवनको प्रहरी कार्यालयमा राखिएको छ।
फिल्ममा काम गर्ने सर्तमा उहाँलाई निर्माण टिमले अग्रिम पारिश्रमिक स्वरूप १० लाख रुपैयाँ दिएको थियो । यसपछि अरू कलाकारसहित प्रि-प्रोडक्सनमा एक करोड १५ लाख खर्च भइसकेपछि अनमोलले काम गर्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रोडक्सनका एक श्रोतका अनुसार उजुरीपछि धेरै पटक छलफलका लागि बोलाउँदा समेत नआएपछि अदालतबाट अनमोल विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
निर्देशक थापा असोज १३ गतेबाट छायाङ्कन सुरु गर्ने योजनामा हुनुहुन्थ्यो । तर, यसका लागि अनमोल तयार नभएपछि टिमभित्र विवाद सुरु भएको थियो। अन्ततः यो विवाद प्रहरीसम्म पुगेको हो।
फिल्ममा नीति शाह, शिल्पा मास्के, निकिता चाण्डकलगायतका कलाकार समेत अनुबन्ध भैसकेका छन् । तर, अन्तिम समयमा अनमोलले काम नगर्ने अडान लिएपछि फिल्मको निर्माण नै अन्योल भयो र निर्मातालाई ठुलो आर्थिक घाटा हुने भए पछि विवाद अदालतमा पुगेको हो। यसअघि हिरो अनमोल केसीले फिल्म ‘रावायण’को स्क्रिप्ट आफूलाई चित्त नबुझेको बताउनुभएको थियो। निर्धारित समयभित्र यो चलचित्रको स्क्रिप्ट राम्रो नबनाएसम्म चलचित्र रावायणमा आफूले काम नगर्ने उहाँले बताउनुभएको जनाइएको थियो। यसअघि पनि अनमोलले स्क्रिप्टमा चित्त नबुझेको बताउँदै आधा दर्जन चलचित्र छाडिसकेको बताइन्छ।
यो चलचित्रको कथा सुनेर अनमोल अनुबन्धित भएको तर त्यति बेला फिल्मको स्क्रिप्ट तयार भएको थिएन । तर, अहिले यो चलचित्रको स्क्रिप्ट आफूलाई मन नपरेको उहाँले बताउनु भएपछि विवाद सुरु भएको हो। आफ्नो एउटा फेसबुक स्ट्याटसमा अनमोलले स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म नगर्ने र कुनै प्रकारको दबाब र हतारको प्रभावमा नपर्ने पनि उल्लेख गर्नुभएको छ ।
यो चलचित्रमा अनमोललाई नायक र खलनायक गरी दोहोरी भूमिकामा उतार्ने तयारीमा निर्देशक सुदर्शन थापा हुनुहुन्थ्यो । तर, अहिले त्यही स्क्रिप्ट अनमोललाई चित्त नबुझेको हो । तर, निर्देशक सुदर्शनले यो चलचित्रको स्क्रिप्ट राम्रो बनाउन आफूहरू लागिरहेको बताएका छन् । फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखिरहेको बुझिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने