संसारका सबैभन्दा धनी एलन मस्कले यहीँ नोभेम्बर ५ मा ओपन एआईको च्याट जीपीटी जस्तै नयाँ आर्टिफिसियल इन्टेलीजेन्स च्याट बोट प्लेटफर्मको घोषणा गरेका छन् ।
आफ्नो नयाँ कम्पनी एक्स एआई अन्तर्गत नयाँ प्लेटफर्मको घोषणा गर्दै सोको नाम ग्रोक (Grok) राखेका छन ।
मस्कले गत वर्ष किनेर नाम परिवर्तन गरेको ट्विटर (हाल एक्स) मा आएका डाटाहरूबाट समेत तत्कालै सिकेर जेनेरेटिभ एआई प्रविधि मार्फत यस च्याटबोटले संवाद गर्न र उत्तर दिन सक्ने बताइएको छ ।
च्याट जिपीटिको भन्दा अझ चटपटे प्रश्नहरू समेतको जवाफ दिने र हाँस्य प्रदान तथा अनौपचारिक संवादमा पनि जवाफ दिने क्षमता यसमा रहेको दाबी गरिएको छ ।
यो च्याट बोट एक्स (ट्विटर) प्लेटफर्ममा छिट्टै र एपमा पनि आउने घोषणा गरिएको छ ।
आर्टिफिसियल इन्टेलिजेन्सको जेनेरेटिभ प्लेटफर्महरुमा लगानी र नवप्रवर्तनको बढ्दो प्रतिस्पर्धामा एलन मस्कको सहभागिताले तरंग बढाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
