कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ।
प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो।”
“दुवै जना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,” अदालतले भनेको छ।
अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पुर्याउन उक्साएको’ अभियोगमा बिहीबार एक सुनुवाइमा दोषी ठहर गरेको हो। अदालतले उनीहरूलाई जनही दुई वर्षको जेल सजाय सुनाएको छ र झण्डै दुई हजार अमेरिकी डलर जरिबाना तिर्न आदेश दिएको छ।
प्रान्तीय सरकारले ती व्यक्तिहरूले प्रान्तको इज्जत, सुव्यवस्था र सुरक्षामा असर पार्ने गरी ‘फेक कन्टेन्ट’ सहितको भिडियो बनाएको बताएको छ। अधिकांश ताइवानी र अन्य देशका केहीले अनलाइनमार्फत् भ्रामक सामग्री सम्प्रेषण गरी मानिसहरूलाई प्रलोभनमा पारेर पीडितहरूलाई ठूलो रकम ठग्ने गरेका पाइएको कम्बोडियाली प्रशासनले जनाएको छ।
ताइवानको केन्द्रीय समाचार संस्था (सीएनए) का अनुसार ती मध्ये एक व्यक्तिले सोमबार राति एक भिडियोको प्रत्यक्ष प्रशारण गरेका थिए। भिडियोमा उनलाई अदृश्य आक्रमणकारीहरूले लखेटेको र पिटेको देखिन्छ भने दोस्रो भिडियोमा उनी भागेको दाबी गरिएको देखिन्छ।
सीएनएका अनुसार दोस्रो भिडियोमा उनले आफू घाइते भएको र लुटिएको, बाँधेको, पिटेको र स्टन गनले आक्रमण गरेको वर्णन गरेका छन्। गत अगष्टमा संयुक्त राष्ट्रसङ्घले दक्षिणपूर्वी एसियामा आपराधिक गिरोहहरूले लाखौं मानिसहरूलाई यातनाको धम्की दिएर अनलाइन ‘स्क्याम’हरू गर्न बाध्य पारिरहेको चेतावनी दिएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पुल एकातिर, खोला अर्कैतिर
- इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा रहेका २८ जनाको मृत्यु
- पाँच सय किसान जो सागसब्जी फलाएर गर्छन् आकर्षक आम्दानी
- चल्ला कोरल्न राप्तीबाट ल्याइयो घडियालका २४७ अण्डा
- के छ स्टार्टअप नीतिमा?
- एकै विषयमा पटक–पटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइनः प्रधानन्यायाधीश
- ढाकामा रमाउँदै रितु थापामगर
- ‘इकोली’ ले माछा मरेपछि आँधीमूलमा क्षमापूजा
- डढेलोका घटनाः चैतमा १४२४ र वैशाखमा ३२७०
- स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमका लागि १३ मिलियन यूरो