आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा नाकाबाट बङ्गलादेशबाट रु. ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ बराबरको मालसामान आयात भएको छ।
सोही अवधिमा नेपालबाट बङ्गलादेशतर्फ रु. ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरको सामग्री निर्यात भएको छ।
काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका शाखा प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट आयात हुने वस्तुमा अप्रशोधित जुटको हिस्सा सबैभन्दा ठुलो छ, जसको मूल्य रु. १ अर्ब ७८ करोड ४२ लाख रहेको छ।अन्य आयातित वस्तुहरूमा ब्याट्री, पोलट्री फिड सप्लिमेन्ट, कस्मेटिक सामग्री, हाइड्रोजन पेरोक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, कागज, ग्लास, खाद्य तथा पेय पदार्थलगायत समावेश छन्।
निर्याततर्फ, काँकडभिट्टाबाट बङ्गलादेशतर्फ रु. ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो निर्यात भएको छ।
साथै, जडीबुटी, पशु आहारा, र घरायसी सामानहरू पनि निर्यात गरिएको शाखा प्रमुख पाण्डेयले जानकारी दिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीमितलाई एक लाख उपचार सुविधा कायम, ओपिडीमा सीमितता
- टी-२० विश्वकप: दक्षिण अफ्रिकाको नाटकीय जित, आज नेपाल विरुद्ध इटाली
- अपराध गरेर विदेश लुकेका १० जनालाई इन्टरपोल सहयोगमा नेपाल फर्काइयो
- सञ्चारमाध्यम उल्लङ्घनमा प्रेस काउन्सिललाई कारबाही गर्न निर्देशन
- निर्वाचन आयोगद्वारा नागरिक शिक्षा स्रोत सामग्री सार्वजनिक
- आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर
- बुवाको पहिचान नहुँदा एघार वर्ष आमाको नामबाट नागरिकता
- कृषि क्षेत्र सुस्त, उद्योग र सेवा चलायमान, चालु आवको वृद्धिदर ३.५%
- आज उच्च पहाड र हिमालमा बदली, तराईमा तुँवालोको सम्भावना
- मुस्ताङ निर्वाचन : ३६ देखि ६८९ मतदातासम्मका केन्द्र, ३९ स्थान कायम