आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार

आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा नाकाबाट बङ्गलादेशबाट रु. ४ अर्ब ७५ करोड ८ लाख ६ हजार ८७१ बराबरको मालसामान आयात भएको छ।
सोही अवधिमा नेपालबाट बङ्गलादेशतर्फ रु. ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरको सामग्री निर्यात भएको छ।

काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडका शाखा प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट आयात हुने वस्तुमा अप्रशोधित जुटको हिस्सा सबैभन्दा ठुलो छ, जसको मूल्य रु. १ अर्ब ७८ करोड ४२ लाख रहेको छ।अन्य आयातित वस्तुहरूमा ब्याट्री, पोलट्री फिड सप्लिमेन्ट, कस्मेटिक सामग्री, हाइड्रोजन पेरोक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, कागज, ग्लास, खाद्य तथा पेय पदार्थलगायत समावेश छन्।

निर्याततर्फ, काँकडभिट्टाबाट बङ्गलादेशतर्फ रु. ३० करोड २७ लाख ७९ हजार बराबरको खुदो निर्यात भएको छ।

साथै, जडीबुटी, पशु आहारा, र घरायसी सामानहरू पनि निर्यात गरिएको शाखा प्रमुख पाण्डेयले जानकारी दिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link