जोनशनको मुख्य प्रायोजनसँगै एभरेष्ट बैंक र हिमालय हर्बलको सह प्रायोजनमा बेबी पेजेन्ट शो आयोजना हुने भएको छ।
आयोजकद्वारा जारी प्रेस विज्ञप्ति अनुसार ३ वर्ष देखि ७ वर्ष सम्मका बालबालिकालाई लक्षित गरी कार्यक्रमको आयोजना तय भएको छ। प्रेस विज्ञप्ति अनुसार प्रतिस्पर्धामा ३ वर्ष देखि साढे ४.५ वर्षका बालबालिका “र्याम्प वाक विथ मदर” इभेन्टमा सहभागी हुन सक्नेछन्। त्यसै गरी ४.५ वर्ष उमेर भन्दा माथि र ७ वर्ष भन्दा मुनिका बालबालिकाहरु “र्याम्प वाक” र विभिन्न “ट्यालेन्ट शो” मा सहभागी हुन सक्नेछन्।सहभागिताको लागि आकांक्षीहरुले निशुल्क रुपमा आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्। बेबि पेजेन्ट शोमा भाग लिन चाहनेले अन्तिम आवेदन ११ चैत भित्र गरिसक्नु पर्नेछ।
यस बेबि पेजेन्ट शोमा दुई छुट्टाछुट्टै बिद्यामा प्रतिस्पर्धा गरिने छ। यस बेबि ३ देखि ४ वर्ष समूहका प्रथम विजेताले ५०,००० रूपैयाँ प्राप्त गर्नेछन् र दोस्रो र तेस्रोले क्रमशः २५,०००/१५,००० रूपैयाँ प्राप्त गर्नेछन्। सोही अनुरूप ५ वर्ष देखी ७ वर्ष समूहका प्रथम विजेताले ५०,००० रूपैयाँ प्राप्त गर्नेछन् र दोस्रो र तेस्रोले क्रमशः २५,०००/ १५,००० रूपैयाँ प्राप्त गर्नेछन्। दुवै समूह गरी कुल पुरस्कार रकम १,८०,००० रहेको छ। बेबि पेजेन्ट शोको अन्तिम प्रतिस्पर्धा २६ चैतमा गर्नेछ।
भौतिक रुपमा पठनपाठन सुरु भए सँगै लामो अन्तरालमा आयोजना हुन लागेकोले यस खालको भव्य प्रतियोगिताले बालबालिकामा प्रतिभालाई प्रस्फुटन गराउन प्रेरित गर्ने अपेक्षा आयोजकको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
