जापान र अमेरिका बिच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतको उच्च प्रविधिक क्षेत्रहरूमा नयाँ सहकार्यको घोषणा हुने समाचार बाहिर आएको छ ।
असाही शिम्बुन अखबारको शनिबार प्रकाशित समचार आनुसार आउँने महिना जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त सहकार्यको संयुक्त रूपमा घोषणा गर्ने बताइएको छ ।
आउने अप्रिल १० मा जापानी प्रधानमन्त्री किशिदाको अमेरिकाको औपचारिक भ्रमणको कार्यक्रम तय भएको छ।
जापान र अमेरिका बिचको सम्बन्धलाई “विश्वव्यापी साझेदारी” को संज्ञा दिदै सहकार्यको संयुक्त विज्ञप्तिमा एआई र सेमीकन्डक्टरहरूमा बलियो साभेदारिको लागि पहल गर्ने बताइएको छ।
सम्झौताको एक भागको रूपमा, जापान र अमेरिकाले एनभिडिया,अमेजन र अन्य टेक कम्पनीसँग मिलेर एआई अनुसन्धान र विकासको लागि रूपरेखा तयार गर्ने सम्भावना छ।
चीनले आफ्नो सेनालाई बलियो बनाउन अमेरिकी प्रविधिको उन्नत एआई चिप्सको प्रयोग गर्ने देखेर चिप्स ढुवानी रोक्न अमेरिका एशिया प्रशान्त क्षेत्रमा आक्रमक रूपमा अघि बढेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बजारमा बेतका फर्निचरको माग बढ्दै
- भयावह बन्दै खानेपानीको समस्या
- वीरगञ्ज सुक्खा बन्दरगाहबाट लक्ष्यभन्दा कम राजस्व सङ्कलन
- जानकीको सम्झना
- सन्दीपलाई सफाइ, निलम्बन फुकुवा
- एक घर, एक झुलको सपना
- वसन्तको आकर्षणः अक्करे भिरमा महसिकार
- बिहीबारदेखि उपत्यकाका यी स्थानहरूमा विद्युत् आपूर्ति प्रभावित हुने
- उच्च गरिबी र अशिक्षाका कारण नागरिक बीमाको पहुँच बाहिर
- कतारले भन्यो- रफाह आक्रमणले हमास वार्तालाई ‘पछाडि’ धकेल्यो