जारी टी- २० विश्वकपको सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएको छ । बिहीबार बिहान भएको खेलमा अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले सहजै पूरा गर्न सक्यो । योसँगै दक्षिण अफ्रिका फाइनलमा पुगेको छ ।
अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएको थियो । उक्त लक्ष्यलाई पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेटको क्षतिमा ६० रन बनाएको थियो ।
त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।
दोस्रो सेमिफाइनलमा आज राति इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आइपिएल २०२५ फाइनल: रोयल च्यालेन्जर्स बेंगलोर विरुद्ध पन्जाब किंग्स
- रुस र युक्रेनबिच टर्कीमा आज शान्ति वार्ता हुँदै
- युक्रेनले रुसमाथि गर्यो हालसम्मकै ठूलो आक्रमण
- तामाखानी : उत्खननको पर्खाइमा
- पीएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
- रियल मड्रिड: विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
- महाकाली करिडोर : उन्नतिको बाटो खोल्दै
- बजेटमा समावेश भएसँगै दूधकोशी आयोजना अघि बढ्ने विश्वास
- बाढीले कोशी राजमार्गमा हानी : यातायात अवरुद्ध
- आप्रवासीको कानुनी मान्यता खारेज गर्न ट्रम्पलाई अदालतद्वारा अनुमति
