जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् ।
जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश र हरेक समुहका तेस्रो स्थानमा रहेका शिर्ष चार देश नकआउट चरणमा पुगेका छन् ।
जस अन्तर्गत समूह ‘ए’ बाट जर्मनी विजेता र स्वीट्जरल्याण्ड उपविजेता बन्दै नकआउटमा पुगेका छन् । हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् ।
यस्तै, समूह ‘बी’ बाट स्पेन समुह विजेता र इटाली उपविजेता हुँदै नकआउटमा पुगेका छन् । क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।
समूह ‘सी’ बाट इंग्ल्याण्ड विजेता र डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा पुग्दा स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा उक्लिएको छ । यो समूहबाट सर्बिया बाहिरिएको छ ।
समूह ‘डी’ बाट अस्ट्रिया, फ्रान्स र नेदरल्याण्ड्स अन्तिम १६ मा पुग्दा समूह ‘इ’ बाट रोमानिया, बेल्जियम र स्लोभाकिया नकआउटमा पुगेका छन् ।
समूह ‘एफ’ बाट पोर्चुगल विजेता र टर्की उपविजेता बन्दै नक आउट चरणमा पुगेका छन् भने जर्जिया तेस्रो स्थानमा रहँदै नकआउटमा पुगेको छ ।
अब नकआउट चरणमा स्पेन र जर्जिया, जर्मनी र डेनमार्क, पोर्चुगल र स्लोभेनिया तथा फ्रान्स र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, रोमानिया र नेदरल्याण्ड्स, अस्ट्रिया र टर्की, इंग्ल्याण्ड र स्लोभाकिया तथा स्वीट्जरल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुनेछ । नकआउट चरणका खेल जुन २९ देखि सुरु हुनेछन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
