उरुग्वे र पानामा कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
स्टार खेलाडी लुईस सुवारेजविनै मैदान उत्रिएको उरुग्वे अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।
तर, दोस्रो हाफमा भने उरुग्वेले निर्णायक गोल गरेको हो । खेलको ६६ औं मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए । सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो ।
उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ । घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ ।
यही समूह सीबाट पानामाले अन्तिम ८ मा स्थान पक्का गरेको छ । बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गर्दै पानामाले अन्तिम ८ मा स्थान बनाएको हो ।
पानामले २२औं मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो । ६९ औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरेको थियो ।
तर, ७९ औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा अन्ततः ३–१ को जित पक्का गर्न सफल भयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
