जिउँदो मान्छेको फोक्सोमा पनि भेटियो प्लाष्टिक

रगतपछि पहिलो पटक जिउँदो मान्छेको फोक्सोमा पनि प्लाष्टिक भेटिएको छ।  शरीरमा प्लास्टिकका अंश भएको प्रमाण भेटिनुको अर्थ वातावरणमा फैलिएको यो विषालु तत्व हाम्रो नशा र अन्य अंगमा पुगेर हामीलाई भीत्रभीत्रै असर गर्न थालेको छ।

रगतपछि मानव फोक्सोको भित्री भागमा माइक्रोप्लास्टिक्सका कण भएको पत्ता लाग्नुले हामी मानवको अस्तित्वमा नै खतराको शंकेत गरिरहेको छ। आज धरतीमा प्लास्टिकमुक्त स्थान पाउन गाह्रो भइसकेको छ। माइक्रोप्लास्टिक्सका कणहरू हाम्रा हिमालयदेखि समुद्रका गहिराइसम्म र मानव उपस्थीति नै नभएको आर्कटिक और अन्टार्कटिकजस्ता स्थानमा भेटिइसकेको छ।

जर्नल साइन्स अफ द टोटल इन्भाइरोनमेन्टमा प्रकाशित अनुसन्धानका अनुसार माइक्रोप्लास्टिक्सका कणहरू फोक्सोका हरेक हिस्सामा भेटिएको छ। वैज्ञानिकहरूले शल्यचिकित्सा भएका १३ मध्ये ११ जनाको फोक्सोका टिस्यु (तन्तु)मा माइक्रोप्लास्टिक्सका कणहरू भेटेका छन्। यसमध्ये पोलिप्रपइलिन और पीईटी (पोलिथिलीन टेरेफ्थालेट) सबभन्दा बढी भेटिएको हो।

स्मरण रहोस् पोलिप्रपइलिनको उपयोग सामानहरू प्याकिङ गर्न अनि पाइपमा प्रयोग हुन्छ भने पीईटीको प्रयोग प्लास्टिकका बोतल बनाउन गरिन्छ। वेलायतका अनुसन्धानकर्ताका अनुसार माइक्रोप्लास्टिकका यी कण श्वासप्रश्वासका माध्यमबाट फोक्सोमा पुगेको हुन सक्छ।

यस अध्ययनका अनुसन्धानकर्ताले माइक्रोप्लास्टिक्सका ३९ कण भेटेका थिए। अनुसन्धानमा महिलाका तुलनामा पुरुषमा माइक्रोप्लास्टिक्सका धेरै कण पाइएका थिए। अनुसन्धानकर्ताले उपलब्ध नमूनामा कुल १२ किसिमका प्लाष्टिकका कण भेटे। त्यो भन्दा पनि अचम्मको कुरा अनुसन्धानकर्ताले पाएका प्लास्टिकका ती ३९ टुक्रामध्ये ११ फोक्सोको माथिल्लो भागमा, ७ वटा मध्य भागमा र २१ वटाचाहिँ फोक्सोका भित्री भागमा पाइएको थियो।

यसभन्दा अगाडि मानव रगतमा पहिलो पटक माइक्रोप्लास्टिकको उपस्थितिको प्रमाण वैज्ञानिकहरूले फेला पारेका थिए। वैज्ञानिकहरूले परीक्षण गरेका १० मध्ये ८ जनाको रगतमा माइक्रोप्लास्टिकका कण फेला पारेका थिए ।तीमध्ये आधाजसो रगतमा त प्लास्टिकको बोतलमा प्रयोग हुने पीईटी (पोलिथिलीन टेरेफ्थालेट) प्लाष्टिक पाइएको थियो। यो  अनुसन्धान पनि जर्नल साइन्स अफ द टोटल इन्भाइरोनमेन्टमा प्रकाशित भएको थियो।

यसभन्दा अगाडि कर्नेल र युटा स्टेट यूनिभरसिटीका अनुसन्धानकर्ताले गरेको एक अध्ययनबाट सामानको प्याकिङ तथा पेय पदार्थका बोतलमा प्रयोग हुने प्लास्टिकका ससाना कण हावाका माध्यमबाट पूरै दुनियाको यात्रा गर्न सक्छ भन्ने पत्ता लागेको थियो।

अनुसन्धानकर्ताका अनुसार वातावरणमा प्रवेश गरेपछि माइक्रोप्लास्टिकका कण लगभग छ दिनसम्म हावामा रहन सक्छ| यसको अर्थ हो यति समयमा ती कणले महाद्विपको यात्रा गर्न सक्छ वा श्वास फेर्दा हाम्रो शरीरको भित्री अङ्गमा पस्न सक्छ। फ्लोरिडा स्टेट यूनिवर्सिटीद्वारा  गरिएको एक अध्ययनमा वैज्ञानिकहरूले शरीरमा पुगेपछि प्लास्टिकका महिन कणले कोशिकाहरूको कार्यप्रणालीलाई प्रभावित गर्ने पत्ता लगाएका छन्। यति मात्र होइन फोक्सोमा छिरेपछि प्लास्टिकका यी कणले फोक्सोका कोशिकाको मेटाबोलिज्म र त्यसको विकासमा पनि असर गर्न सक्छ। यसले कोशिकाको आकारलाई प्रभावित गर्नुका साथै तिनको रफ्तारलाई पनि बाधा पुर्‍याउँछ।यसैगरी जर्नल इनभायरोनमेन्ट इन्टरनेशनलमा प्रकाशित एक शोधका अनुसार जन्मन अगाडिको शिशुको प्लेसेन्टा अर्थात गर्भनालमा पनि माइक्रोप्लास्टिक भएको पत्ता लागेको छ।

खतरा यो मात्र पनि होइन। जर्नल अफ हैजर्डस मैटेरियल्स लेटर्समा प्रकाशित अनुसन्धानका अनुसार हामीले दिनदिनै प्रयोग गर्ने टुथपेस्ट, क्रीमसँगै हाम्रो भोजन, हवा र खानेपानीसम्ममा रहेको प्लास्टिकको कणले ब्याक्टेरियाको एन्टीबायोटिक रेसिस्टेन्सको खतरालाई 30 गुणाले बढाउन सक्छ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
जिउँदो मान्छेको फोक्सोमा पनि भेटियो प्लाष्टिक
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link