जनकपुरले उपाधिका लागि सुदूरपश्चिम रोएल्ससँग यही पुस ६ गत प्रतिस्पर्धा गर्नेछ । बुधबार भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले जनकपुरलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
जनकपुरको यो जितमा जिमी निशमले १७ बल खेल्दै दुई चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ४५ रन बनाए । शेर मल्लले अविजित १६ रन जोडे । हर्ष ठाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन बनाएका हुन् ।
बलिङतर्फ कर्णाली याक्सका विपिनप्रसाद शर्माले तीन विकेट लिए भने सोमपाल कामी, विलियम बोसिस्टो र जिसन मक्सुदले समान एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो । कर्णालीका लागि गुलशन झाले २० बलमा एक चौका र दुई छक्काको मद्दतमा सर्वाधिक २५ रन बनाएका हुन् ।
त्यस्तै ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्काको सहयोगमा २४ रन जोडे भने विलियम बोसिस्टोले १५ बलमा एक चौकाको सहयोगमा १४ रन बनाए । जिशान मक्दुई चौकाको सहयोगमा १२ रन जोड्दा १७ बल खेलेका उनिस ठकुरीले दुई चौका प्रहार गर्दै १२ रन बनाएका थिए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बटुल्न सकेनन् ।
कप्तान सोमपाल कामी पाँच रनमा आउट भए भने जयकिशन कोल्सावालाले एक रन बनाएका थिए । जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान दुई/दुई विकेट र हर्ष ठाकर र शेर मल्लले समान एक/एक विकेट लिएका थिए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको घट्दो आकर्षण
- हुरीले अकबरे खुर्सानीमा क्षति पुर्याएपछि किसान चिन्तित
- पर्यटक र पूर्वाधारका पर्खाइमा छहरे झरना
- खानै नहुने मात्रामा विषादीको अवशेष तरकारीमा फेला
- तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’ पर्यटकको पर्खाइमा
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
