दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। विमानमा सवार १८१ जनामध्ये दुई जनाको जीवितै उद्धार गरिएको थियो। उनीहरु एक जना चालक दलका सदस्य र एक जना यात्रु हुन्।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए। उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ। उनीहरुबाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीले जनाएको छ।
थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो। विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए। उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन। तर विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो। त्यसपछि विमानमा आगो लागेको थियो।
विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सगरमाथा क्षेत्र जहाँ पुग्छन् हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक
- बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
- नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
- विश्व २०२४ – चर्चित व्यक्तित्वहरुको अन्त्य
- चितवनबाट देखिएको गणेश हिमाल
- नेपालमा होटल क्षेत्रमा मात्रै साढे पाँच खर्ब स्थायी लगानी
- सन् २०२४ – साढे ११ लाख पर्यटक नेपाल भित्रिए
- झापाको टिमाई झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य
- अमेरिकाको न्यू अर्लिन्सको घटनामा मर्नेको संख्या १५ पुग्यो –
- सन् २०२५ को स्वागतमा विश्वभर गरिएका आतिशबाजीका केहि झलकहरु