बोर्डर गावास्कर ट्रफीको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई हराउँदै वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ।
मेलबर्न क्रिकेट स्टेडियममा सोमबार सम्पन्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गर्यो। यस जितसँगै अस्ट्रेलियाले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २-१ को अग्रता बनाएको छ। अब आगामी शुक्रवारबाट सिड्नीमा सुरु हुने पाँचौँ टेस्ट जितेमा अस्ट्रेलियाले डब्ल्युटिसीको फाइनलमा स्थान बनाउनेछ।
अस्ट्रेलियाले भारतलाई ३ सय ४० रनको लक्ष्य दिएको थियो, जसका जवाफमा भारत १ सय ५५ रनमा समेटिन पुगेको छ। भारतका लागि ओपनर यसश्वी जैसवालले ८४ रन बनाउँदा, उनले २ सय ८ बलमा ८ चौका प्रहार गरे। त्यतिबेला भारत १ सय १२ रनमा ३ विकेट गुमाएर बलियो स्थितिमा थियो। तर त्यसपछि भारतले ४३ रन थप्दा बाँकी सात विकेट गुमाएको थियो।
जब ऋषभ पन्त ३० रनमा आउट भए, अन्य ब्याटरहरूले दोहोरो अंकमा रन जोड्न सकेनन्। अस्ट्रेलियाका लागि कप्तान प्याट कमिंस र स्कट बोल्याण्डले समान ३ विकेट लिए, जबकि नाथन लायनले २ विकेट लिएका थिए।
दोस्रो इनिङमा अस्ट्रेलियाका मार्नस लाबुसेन ७० रनमा आउट हुँदा माथिल्लो क्रमका ब्याटरहरू चल्न सकेनन्। कप्तान प्याट कमिंस ४१, ओपनर उस्मान ख्वाजा २१, र स्टिभ स्मिथ १३ रनमा आउट भए।
नाथन लायन ४१ रनमा आउट भए, जबकि स्कट बोल्याण्ड १५ रनमा नट आउट रहेका छन्। भारतका लागि जसप्रित बुमराहले ५ र मोहम्मद सिराजले ३ विकेट लिए।
भारत पहिलो इनिङमा ३ सय ७९ रनमा समेटियो। चौथो दिनको खेल भारतले ३ सय ५८ रनको नोक्सानीमा ९ विकेट गुमाएर सुरु गरेको थियो।
भारतका लागि नितिश कुमार रेड्डीले सर्वाधिक १ सय १४ रन जोड्दै १ सय ८९ बलमा ११ चौका र १ छक्का प्रहार गरे। आठौं विकेटका लागि वासिटंन सुन्दर र रेड्डीले १ सय २७ रनको शतकीय साझेदारी गरेका थिए । सुन्दर १ सय ६२ बलमा ५० रनमा आउट भए।
ऋषभ पन्त २८ र रविन्द्र जडेजा १७ रनमा आउट भए। ओपनर यसश्वी जैसवालले ८२ रन जोड्दा अर्का ओपनर तथा कप्तान रोहित शर्माले केवल ३ रन मात्र जोड्न सके।
टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङमा ४ सय ७४ रन बनाएको थियो, जहाँ स्टिभ स्मिथले सर्वाधिक १ सय ४० रन जोडेका थिए।
भारतका लागि विराट कोहली ३६, केएल राहुल २४ रनमा आउट हुँदा आकाश दिपले रनको खाता नै खोल्न सकेनन्। अस्ट्रेलियाका लागि कप्तान प्याट कमिंस र स्कट बोल्याण्डले समान ३ विकेट लिए, जबकि नाथन लायनले २ विकेट लिएका थिए।
पहिलो टेस्ट भारतले २ सय ९५ रनले जितेको थियो भने अस्ट्रेलियाले दोस्रो टेस्ट १० विकेटले जितेको थियो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो ।
अब पाँचौं तथा अन्तिम टेस्ट आगामी शुक्रवारबाट सिड्नीमा सुरु हुनेछ। यदी भारतले पाँचौ टेस्ट पनि हारेमा यस संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको ढोका बन्द हुनेछ ।
यससँगै भारतका क्याप्टेन रोहित शर्मा र विराट कोहलीको टेस्ट क्रिकेटबाट सन्यासको घोषणा आउनसक्ने चौतर्फी अनुमान छ । भारतीय बलर आर अश्विनले शृृङ्खलाको बिचमा नै तेस्रो टेस्टपछि सन्यास लिएका कारणले यो आशङ्का गरिएको हो । स्मरण रहोस्, रोहित शर्मा र विराट कोहलीले सोचेजति रन बनाउन नसक्दा चौतर्फी आलोचना भइरहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- देशभर एकै साथ जलपंछी गणना गरिँदै
- बाढी पहिरोको क्षतिपछि १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी
- सङ्घसंस्थालाई आफ्नो विवरण अध्यावधिक गर्न बेलायती दूतावासको आग्रह
- ‘हस मनी’ मुद्दामा ट्रम्पविरुद्ध सजाय सुनाइने
- लिगाको शीर्षस्थानमा रियाल मड्रिड
- सगरमाथा क्षेत्र जहाँ पुग्छन् हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक
- बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
- नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
- विश्व २०२४ – चर्चित व्यक्तित्वहरुको अन्त्य
- चितवनबाट देखिएको गणेश हिमाल