सिरियामा बसर अल-अशदलाई सत्ताबाट हटाएपछि देशको भविष्यको बारेमा अनुमानहरू बीच, हयात तहरीर अल-शाम (एचटीएस) प्रमुख अहमद अल-शराले नयाँ संविधान बनाउने र चुनाव गराउने कुरा गरेका छन्।
अल-शरालाई अबु मोहम्मद अल-जुलानी पनि भनिन्छ। ‘सिरियाली जनतालाई कुनै ठूलो परिवर्तन देख्न एक वर्ष लाग्न सक्छ,’ उनले अल-अरेबिया टिभीलाई भने, ‘देशमा नयाँ संविधान बनाउन तीन वर्ष र निर्वाचन गर्न चार वर्ष लाग्न सक्छ ।’
अहमद अल-शाराले हालै बीबीसीलाई आफ्नो देश ‘युद्धबाट थाकेको’ बताए। सिरिया अब कुनै पनि छिमेकी वा पश्चिमी देशहरूको लागि खतरा नभएको उनले स्पष्ट पारे
अल-शरा यसअघि इस्लामिक चरमपन्थी संगठन अल-कायदा र इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित थिए । अमेरिकाले उनीमाथि १० मिलियन अमेरिकी डलरको इनाम समेत राखेको थियो, यद्यपि यो निर्णय हालै फिर्ता लिइएको छ। ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- देशभर एकै साथ जलपंछी गणना गरिँदै
- बाढी पहिरोको क्षतिपछि १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी
- सङ्घसंस्थालाई आफ्नो विवरण अध्यावधिक गर्न बेलायती दूतावासको आग्रह
- ‘हस मनी’ मुद्दामा ट्रम्पविरुद्ध सजाय सुनाइने
- लिगाको शीर्षस्थानमा रियाल मड्रिड
- सगरमाथा क्षेत्र जहाँ पुग्छन् हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक
- बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
- नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
- विश्व २०२४ – चर्चित व्यक्तित्वहरुको अन्त्य
- चितवनबाट देखिएको गणेश हिमाल