अमेरिकाको लस एन्जलसमा जङ्गलमा भएको आगलागीमा मर्नेको संख्या पाँच पुगेको छ । लस एन्जलस शेरिफको कार्यालयले मृत्युको पुष्टि गरेको हो । यसअघि अधिकारीहरूले दुई जनाको मृत्युको पुष्टि गरेका थिए । दुवै मृत्यु अल्टाडेना क्षेत्रमा रहेको इटनमा आगलागीका कारण भएको बताइएको छ ।
लस एन्जलस काउन्टी अग्नि नियन्त्रक प्रमुख एन्थोनी म्यारोनका अनुसार इटनको आगो अहिले १० हजार ६०० एकडसम्म फैलिएको छ । यो अझै नियन्त्रणमा आएको छैन ।
‘दुर्भाग्यवश पाँच जनाको मृत्यु भएको छ र केही घाइते भएका छन् । अहिलेसम्म एक हजारभन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।’ उनले भने ।
एरिजोना सहित क्यालिफोर्निया बाहिरका अधिकारीहरू अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न आएको पनि उनले बताए । आगलागीलाई हेरेर लस एञ्जलसमा आपत्काल घोषणा गरिएको छ । सर्वसाधारणहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
