ब्लू ओरिजिनको पहिलो कक्षीय रकेट प्रक्षेपण स्थगित

अमेरिकी एयरोस्पेस कम्पनी ब्लू ओरिजिनले सोमबार बिहानको लागि तय गरिएको आफ्नो विशाल न्यू ग्लेन रकेटको पहिलो प्रक्षेपण रद्द गरेको छ ।

मानवरहित न्यू ग्लेन मिसनले ब्लु रिङ पाथफाइन्डरलाई कक्षामा लैजाने तयारी गरेको छ । यसले ब्लू रिङ ओर्बिटल ट्रान्सफर भेहिकलका प्रमुख प्रविधिहरूको परीक्षण गर्नेछ ।

न्यू ग्लेनलाई अमेरिकी राज्य फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट बिहान १ः०० बजे प्रक्षेपण गर्ने योजना थियो । तर ब्लू ओरिजिनले प्रक्षेपण समय धेरै पटक ढिलाइ गरेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link