इन्डोनेसियाको निःशुल्क खाना वितरण कार्यक्रम ३१ प्रान्तका छ लाख ५० हजार स्कूली बालबालिकासम्म पु¥याएको राष्ट्रपति प्राबोवो सुब्यान्टोले बताउनुभएको छ ।
“जनवरी देखि अप्रिल सन् २०२५ सम्म, कार्यक्रमले तीस लाख बालबालिकालाई लक्षित गर्ने लक्ष्य राखेको छ । अप्रिल देखि अगस्ट सन् २०२५ सम्म यो ६० लाख बालबालिकामा पुग्ने छ । सबै इन्डोनेसियाका बालबालिकालाई पौष्टिक खानामा पहुँच हुनेछ,” प्राबोवोले बुधबार बताउनुभयो ।
“यो एक रणनीतिक मुद्दा हो । हामी इन्डोनेसियाको भविष्यलाई बलियो बनाउँदैछौं । इन्डोनेसियाका बालबालिकाहरू बलियो, बौद्धिक, उत्साही र प्रभावकारी रूपमा विद्यालयमा उपस्थित हुन सक्षम हुनुपर्छ । मलाई विश्वास छ निकट भविष्यमा हामीले हाम्रा बालबालिकाको शैक्षिक प्रदर्शनमा सुधार देख्नेछौं,” उहाँले थप्नुभयो ।
जनवरी ६ मा सुरु भएको यो कार्यक्रमले विद्यार्थीलाई मात्र नभई गर्भवती महिला, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकालाई पनि समावेश गर्न आफ्नो दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
- आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
- नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
- सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको अल्टिमेटमप्रति ११ संस्थाको चिन्ता
