दक्षिण कोरियाली अभियोजकहरूले महाभियोग लगाइएका राष्ट्रपति युन सुक योलको मार्सल लको असफल घोषणापछि उहाँमाथि आइतबार ‘विद्रोहको मुख्य नेता’ का रूपमा अभियोजन गरेका छन् र निलम्बित नेतालाई हिरासतमा रहन आदेश दिएका छन् ।
युनले डिसेम्बर ३ मा नागरिक शासन निलम्बन गर्ने आफ्नो प्रयासले देशलाई राजनीतिक अराजकतामा डुबाउनुभयो । यो कदम छ घन्टासम्म मात्र रह्यो र संसद सदस्यहरूले सशस्त्र सैनिकहरूको विरोधमा मतदान गरी यसलाई खारेज गरे ।
त्यसलगत्तै उहाँलाई महाभियोग लगाइएको थियो र यो महिना गिरफ्तार हुने पहिलो दक्षिण कोरियाली राष्ट्रप्रमुख बन्नुभयो । यो उहाँको निवासमा सुरक्षा टोलीले उहाँलाई पक्राउ गर्न विरोध गरेपछि भयो ।
अभियोजनकर्ताहरूले एक बयानमा उनीहरूले ‘युन सुक योललाई विद्रोहको प्रमुख भएको आरोपमा आज हिरासतमा राखेको’ बताएका छन् ।
उहाँको गिरफ्तारीदेखि नै उहाँलाई सियोल हिरासत केन्द्रमा राखिएको छ । औपचारिक अभियोजनले उहाँलाई अदालती कारबाहीसम्म हिरासतमा राख्नेछ र यो ६ महिनाभित्र हुनुपर्छ ।
अदालतले दुई पटक अभियोजकहरूले उनीहरूको अनुसन्धान अगाडि बढ्दै गर्दा उहाँको गिरफ्तारी वारेन्ट विस्तार गर्ने अनुरोधलाई अस्वीकार गरेपछि अभियोग व्यापक रूपमा अपेक्षित थियो ।
“अनुसन्धानका क्रममा प्राप्त प्रमाणको विस्तृत समीक्षापछि (अभियोजकहरू) यो निष्कर्षमा पुगे कि प्रतिवादीलाई अभियोग लगाउन मात्र उचित थियो”, उनीहरूले विज्ञप्तिमा भने ।
युनलाई जेलमा राख्ने आवश्यकतालाई ‘प्रमाण विनाशको निरन्तर जोखिम’ द्वारा न्यायसङ्गत रहेको उनीहरूले बताए । उनीहरूका अनुसार विशेष आरोप – विद्रोहको मुख्य नेता – राष्ट्रपति प्रतिरक्षाको दायरामा पर्दैन ।
युनका वकिलहरूले विद्रोहको आरोप अस्वीकार गरे र अदालतमा यसको विरोध गर्ने प्रतिज्ञा गरे । “युनको मार्सल लको घोषणालाई विद्रोहको रूपमा मान्यता दिन सकिँदैन”, उनीहरूले विज्ञप्तिमा भने, “हामी विश्वस्त छौँ कि कानूनी अदालतमा सत्यको विजय हुनेछ ।”
जवाफदेहिताको प्रक्रिया
विपक्षीले अभियोजनलाई स्वागत गरेको छ । “हामीले गैरकानूनी विद्रोह गर्ने षड्यन्त्रकारीहरूलाई मात्र होइन, गलत सूचना फैलाएर उक्साउनेहरूलाई पनि समात्न आवश्यक छ”, सांसद हान मिन–सूले भन्नुभयो ।
प्रमाण प्रदान नगरी युन र उहाँको कानूनी टोलीले चुनाव जालसाजी र विपक्षी–नियन्त्रित संसद्मा व्यवस्थापिका अवरोधलाई मार्सल ल घोषणाको औचित्यका रूपमा देखाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित ‘चोरी रोक’ बयानबाजी अपनाउने समर्थकहरूको समर्थन प्राप्त गर्दै युनले ‘अन्त्यसम्म लड्ने’ प्रतिज्ञा गर्नुभएको छ ।
“यो अभियोजनले संवैधानिक व्यवस्था सही ढङ्गले काम गर्दैछ भन्ने पुष्टि गर्दै राहतको भाव प्रदान गर्नेछ”, राजनीतिक थिङ्क ट्याङ्क भ्यालिडका सह–संस्थापक बाइ काङ्–हुनले भन्नुभयो ।
युनले आफ्नो महाभियोगलाई समर्थन गर्ने र उहाँलाई औपचारिक रूपमा राष्ट्रपति पदबाट हटाउने निर्णय गर्न संवैधानिक अदालतको सुनुवाइको शृङ्लाको पनि सामना गर्नुपरेको छ ।
यदि अदालतले युनको विरोधमा फैसला गर्यो भने उहाँले राष्ट्रपतिपद गुमाउनुहुनेछ र ६० दिनभित्र चुनाव गरिनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- डढेलोबारे अझै छैनन् सचेत
- देशभरका ५६ स्थानीय तहमा प्लास्टिकजन्य फोहोरको अनुसन्धान
- आज अन्तर्राष्ट्रिय श्रमिक दिवस-विभिन्न कार्यक्रम गरी मनाइँदै
- आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
