
राजु सिलवाल
यसपालि अन्तरराष्ट्रिय महिला च्याम्पियनशिपमा नेपाल, म्यान्मा, लेबनान र किर्गिस्तानका चार टोलीको सहभागिता रहेको छ । फोर नेसन्स फुटबल प्रतियोगिता आगामी एएफसी एसियन कप तथा फिफा विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा नेपालको सहभागिताको तयारीका सिलसिलामा आयोजना गरिएको हो । सो फुटबल प्रतियोगिताका सबै खेल अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को अन्तरराष्ट्रिय ‘विन्डोज’मा हुने भएकाले अन्तरराष्ट्रिय मान्यता पाउने निश्चित छ । निर्धारित खेल तालिकाअनुसार सहभागी सबै टोलीले आपसमा खेल्नेछन् । लिग चरणमा दिनको दुईवटा खेल हुने भएको छ । यसअनुसार नेपालले सबै खेल साँझ ६ बजे ‘फ्लड लाइट’मा खेल्नेछ । नेपालले लिग चरणअन्तर्गत प्रतियोगिताको पहिलो दिन फागुन ५ गते किर्गिस्तानसँग खेल्दैछ । दोस्रो खेल फागुन ८ गते लेबनानसँग तथा फागुन ११ गते म्यान्मासँग खेल्ने कार्यक्रम रहेको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले विगत केही वर्षयता सन्तोषजनक प्रदर्शन गर्दै आइरहेको छ । नेपाली महिला टोली फिफा वरियताक्रममा १०३औँ स्थानमा रहेको छ । सन् २०१७ मा नेपाल फिफा वरियताक्रममा सुधार हुँदै ९१औँ स्थानमा पुगिसकेको थियो । अखिल नेपाल फुटबल सङ्घले पुरुष टोलीको तुलनामा महिला टोलीलाई कम प्राथमिकता दिएको देखिएको भए तापनि विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोलीले उल्लेखनीय प्रदर्शन गर्दै महिला टोलीलाई प्राथमिकता तथा सुविधा बढाउन बाध्य बनाउँदै आएको मान्न सकिन्छ । गत सातौँ साफ महिला च्याम्पियनशिपको लिगको बेला नेपाली खेलाडीहरुले प्रशंसनीय खेल प्रस्तुत गरेका थिए । खेलाडीहरुले उत्कृष्ट गोलहरु गरेका थिए । अझ उल्लेखनीय पक्ष त धेरैपटक उपाधि जितिसकेको भारतलाई सेमिफाइनलमा पराजित गरेर नेपाली खेलाडीहरुले आफ्नो आत्मविश्वास बढाएका थिए । यसअघि भारतीय टोलीसँग पटकपटक पराजित हुँदै आएको नेपालले भारतलाई हराउन सफल हुनु महत्वपूर्ण उपलब्धि थियो । तर फाइनलमा नेपाली टोली बङ्गलादेशसँग एक गोलका विरुद्ध दुई गोलले पराजित भएर विगतमा जस्तैः उपविजेतामै सीमित रहनु परे तापनि नेपाली खेलाडीहरुले दर्शकहरुको मन भने जितेका थिए । नेपाली खेलाडीहरुले अथक प्रयत्न गर्दा पनि तथा घरेलु दर्शकहरुको अपार समर्थन पाउँदा पनि भोग्नु परेको पराजय खेलाडी तथा समर्थकहरुले अझै भुलेका छैनन् ।
दोहरिएका प्रशिक्षक
साम्बाप्रति अपेक्षा

रेखा पनि टोलीमा

नायिका बनेकी कप्तान

नेपालमा सुरुआत
सहभागी टोलीहरुको स्थिति
म्यान्माः फिफा महिला विश्व वरियताक्रममा म्यान्माको स्थान ५५औँ रहेको छ । म्यान्माको महिला राष्ट्रिय फुटबल टोलीले सन् १९९५ देखि विभिन्न क्षेत्रीय प्रतियोगिताहरुमा भाग लिँदै आइरहेको छ । म्यान्माले एएफएफ महिला च्याम्पियनशिपमा सन् २००४ र २००७ मा उपाधि जितेको थियो । उक्त प्रतियोगितामा म्यान्माको टोली सन् २०११, २०१२ तथा २०१५ मा दोस्रो तथा सन् २०१६, २०१९ र २०२२ मा तेस्रो हुन सफल भएको थियो । दक्षिण पूर्वी एसियाली खेलकुदमा म्यान्माको महिला फुटबल टोलीले चारपटक दोस्रो तथा सातपटक तेस्रो स्थान प्राप्त गरेको थियो ।
किर्गिस्तान
नेपालमा महिला फुटबलको विकासका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल जस्ता विभागीय टोलीहरुको उल्लेखनीय भूमिका रहँदै आएको छ । यसपालिको प्रतियोगितामा पनि नेपाली टोलीमा अधिकांश खेलाडीहरु विभागीय टोलीहरुबाटै छनोट भएका छन् । व्यावसायिक खेलाडीका रुपमा युरोप र अन्य मुलुकमा अनुभव हासिल गरेर आएका नेपाली खेलाडीहरुकै खेलमा नेपाली टोलीको भविष्य निर्भर रहेको छ । घरेलु दर्शकहरुको अपार समर्थन र साथले सकारात्मक नतिजा जुटाउन पक्कै सहयोग गर्ने आशा गर्न सकिन्छ । गत कात्तिकमा यही रङ्गशालामा फाइनलमा भएको पराजयलाई यसपटक शक्तिमा बदल्न पनि नेपाली टोलीका तर्फबाट यथोचित प्रयत्न हुने अपेक्षा गरिएको छ ।
आगामी दिनमा अन्य फुटबल क्लबहरुले पनि पुरुष खेलाडीहरुलाई जस्तैः व्यावसायिक रुपमा महिला खेलाडीहरुलाई पनि आबद्ध गर्न सुरु गरेमा नेपालले अन्तरराष्ट्रिय सफलता हासिल गर्दै जाने निश्चित छ । अखिल नेपाल फुटबल सङ्घले पनि महिला फुटबलका प्रतियोगिता तथा गतिविधिलाई क्रमिक रुपमा बढाउँदै खेलाडीहरुले खेलेरै जीवनयापन गर्न सक्ने सन्देश प्रवाह गर्न नेतृत्वदायी भूमिका लिनु अपेक्षा गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राजु सिलवाल का अन्य पोस्टहरु:
