स्पेनिस क्लब रियाल मड्रिड लगातार चौथो वर्ष विश्वकै सबैभन्दा धनी फुटबल क्लब बनेको छ । अमेरिकी व्यवसायिक म्यागजिन फोर्ब्सको नयाँ रिपोर्ट अनुसार क्लबको मूल्यांकन ६.७५ अर्ब अमेरिकी डलर पुगेको हो। ।
फोर्ब्सका अनुसार रियालले सन् २०२३-२४ सिजनमा १.१३ अर्ब डलर आम्दानी गरेको थियो । योसँगै एकै सिजनमा एक अर्ब डलर आम्दानी गर्ने पहिलो फुटबल क्लब पनि बनेको छ।
इंग्ल्याण्डको म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा परेको छ, जसको मूल्यांकन ६.६ अर्ब डलर गरिएको छ। सन् २०२३–२४ को सिजनमा क्लबले ८३४ मिलियन डलर राजस्व कमाएको थियो । यद्यपि उनीहरूको प्रिमियर लिग अभियान खासै सम्झनलायक रहेन र उनीहरू आठौँ स्थानमा मात्र सीमित भए।
रियल मड्रिडको ला लिगा प्रतिद्वन्द्वी एफसी बार्सिलोना तेस्रो स्थानमा छ, जसको मूल्यांकन ५.६५ अर्ब डलर गरिएको छ। त्यसपछि लिभरपुल र म्यानचेस्टर सिटी क्रमशः चौथो र पाँचौँ स्थानमा छन्।
फोर्ब्सले विश्वका १० सबैभन्दा मूल्यवान् फुटबल क्लबको सूचीमा ६ प्रिमियर लिग क्लबहरूलाई समावेश गरेको छ। अर्सनल, टोटनहम हट्सपर र चेल्सी पनि यो सूचीमा छन् । यीबाहेक बायर्न म्युनिख र पेरिस सेन्ट-जर्मेन (पीएसजी) शीर्ष १० मा अटाएका छन् ।
फोर्ब्सले भनेको छ, ‘सामूहिक रूपमा, सबैभन्दा मूल्यवान् ३० वटा फुटबल क्लबहरूको कुल मूल्य ७२ अर्ब डलरभन्दा बढी पुगेको छ, जुन प्रति क्लबको औसत मूल्य २.४ अर्ब डलर हुन्छ — यो अघिल्लो वर्ष २०२४ को २.२६ अर्ब डलरको तुलनामा ५% वृद्धि हो।”
शीर्ष १० क्लब
१. रियल मड्रिड – ६.७५ अर्ब अमेरिकी डलर
२. म्यानचेस्टर युनाइटेड – ६.६ अर्ब अमेरिकी डलर
३. बार्सिलोना – ५.६५ अर्ब अमेरिकी डलर
४. लिभरपुल – ५.४ अर्ब अमेरिकी डलर
५. म्यानचेस्टर सिटी – ५.३ अर्ब अमेरिकी डलर
६. बायर्न म्युनिख – ५.१ अर्ब अमेरिकी डलर
७. पीएसजी – ४.६ अर्ब अमेरिकी डलर
८. आर्सनल – ३.४ अर्ब अमेरिकी डलर
९. टोटनह्याम हटस्पर्स – ३.३ अर्ब अमेरिकी डलर
१०. चेल्सी – ३.२५ अर्ब अमेरिकी डलर
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना
