मधेस आन्दोलनमा सहिद भएकाहरूको बलिदानबाट अगाडि बढेका मधेसी केन्द्रित दलहरूले सहिद परिवारलाई पूरै बिच्चलीमा पारेको आरोप लागेको छ। त्यसमाथि स्थानीय निर्वाचनका क्रममा मधेसी मुद्दालाई बिर्सिएका मात्र होइन मधेस केन्द्रित दलहरूले उम्मेदवार बनाउँदा टाठाबाठा र पैसावाललाई प्राथमिकता दिएर सहिद परिवारलाई वेवास्ता गरेको आरोप छ। त्यसमध्ये एक हुनुहुन्छ– विनिता साह कलवार।
विनिताका पति सोहन साह कलवारको, २०७० सालमा मधेस आन्दोलनका क्रममा वीरगञ्जमा प्रहरीको गोलीबाट मृत्यु भएको थियो । २०७४ सालको पालिका निर्वाचनमा जसपाबाट वीरगञ्ज महानगपालिकाको वडा नम्बर १६ मा विनिता महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो।
यसपाली सहिद पत्नी विनितालाई मधेसी दलले टिकट नदिएपछि विवेकशील साझा पार्टीको तर्फबाट १६ नम्बर वडाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएकोछ। विनिता भन्नुहुन्छ, “मधेसी दलले टिकट नदिएको कारण अरु दलबाट उम्मेदवारी दर्ता गर्नुपर्यो। विगतको चुनावमा आफूलाई मधेसी नेताले खोजेर चुनाव लडाएका थिए। त्यतिबेला मेयरका उम्मेदवार विजय सरावगीकै गाडीमा सहिद पत्नि हो भन्दै सबैले घुमाए, नेता प्रदिप यादवले घुमाए। मलाई देखाएरै सबैको भोट मागे । वडा सदस्यमा जितेर ४ वर्ष जनताको सेवा राम्रैसँग गरेको छु तर अहिले मधेसी नेताहरूले बिर्से।”
मधेसी दलले पैसा र पहुँच भएकालाई पार्टीमा प्रवेश गराउने र नयाँलाई टिकट बेच्ने गरेका छन्, त्यसमाथि गरिब पनि भएकाले आफूलाई टिकट नदिएको आरोप विनिताको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बल्ल खुल्यो सरकारको आँखाः अग्निपीडितलाई २ किस्तामा ५० हजार
- वायु प्रदुषण बढ्यो, विशेष सावधानी अपनाउनु: सरकार
- वर्षा माग्दै कालो नागलाई कुखुराको बली
- बालबालिका गाउँमा नबस्दा संस्कार र संस्कृति लोप हुने चिन्ता
- जङ्गलका स्रोत जोगाउनै मुस्किल
- यस्तो हुन्छ सरकारी जालो
- ४३६ स्थानमा डढेलो, निरिह सरकार
- बर्खाका लागि ४२ डिग्रीमा ‘गुइँठा’ बनाउँदै महिला
- पैसा नतिर्दा काटियो इन्टरनेटः झगडाको चेपोमा उपभोक्ता
- ‘उल्लु सर’ राजु आचार्यलाई विश्व प्रसिद्ध ह्विट्ली पुरस्कार