प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत सेवन तथा दान गरेर मनाइँदैछ । शास्त्रीय विधानअनुसार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ ।
यसदिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ । जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो ।
गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति समेत प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डाक्टर देवमणि भट्टराई बताउँछन् । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।
यस दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । वृद्धवृद्धालाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ । यस्तो दान असहाय एवं विपन्न वर्गलाई समेत गरिन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
- आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
- नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
- सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको अल्टिमेटमप्रति ११ संस्थाको चिन्ता
