नौबिसे-नागढुंगा सडक १० दिनका लागि रातका समयमा बन्द गरिने भएको छ। संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग मानिने सो सडक यही वैशाख २२ देखि वैशाख ३१ गतेसम्म राति ११:०० देखि बिहान ३:०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो।
त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्र गतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेद्वारा सूचनामा उल्लेख गरिएको छ।
साना तथा मझौला सवारीसाधनले सीतापाइला-भीमढुंगा-रामकोट-धार्के सडक प्रयोग गर्न सक्नेछ। त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी-टोखा-गुर्जेभञ्ज्याङ–छहरे-त्रिशूली-गल्छी सडक हुँदै जान सकिने छ। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन। ओभरट्याक नगरी बन्दको समयमा नियम पालना गरिदिन कार्यालयले अनुरोध गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सिंगापुरमा पिपल्स एक्सन पार्टीको लगातार चौधौं जित
- एउटै बोटमा तीनदेखि चारवटासम्म घोगा लागेपछि किसान उत्साहित
- आजको मौसम
- मोबाइल र टर्च चार्ज गरेको १० रुपैयाँ !
- जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन
- नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
- अमेरिकी डलरको मूल्य बढ्दो, कति छ अन्य विदेशी मुद्राको मूल्य?
- वन श्रमिकका समस्या : न बीमा न सुरक्षा
- ढोरपाटनमा सकियो दोस्रो सिकारयाम
- डढेलोबारे अझै छैनन् सचेत
