बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन्।
“गत साउन २६ गते गएको पहिरोले ख्यातियोग्य जमिनमा क्षति पुर्यायो नै। पहिरो लगातार गैरहेकाले घर पनि जोखिममा परेको छ। पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ। निरन्तरको पहिरोले त्रसित बनाएको छ,” मीनाले भिनन्।
मीनाको जस्तै पिरले सताउने गरेको रातापानीकै भुवनलाई पनि। “शौचालय र भान्सा घरमा क्षतिमा पुर्याएको छ। पहिरो घरमा कतिखेर पस्ने थाहा छैन,” भुवनले भने, “डराइ–डराइ बस्नुपरेको छ। पानी पर्न थालेपछि छिमेकीको घरमा बास खोज्न जानुपर्छ।”
गत साउन २६ गते गएको पहिरोका कारण रातापानी टोलका सात घर उच्च जोखिममा परेका छन्। स्थानीय रामसिंह बोहरा, धनुवा बोहरा, मिना बोहरा, गम्भिरसिंह बोहरा, उदयसिंह बोहरा, चक्र बोहरा र कृष्ण बोहराको परिवार उच्च जोखिममा रहेको छ।
लगातारको पहिरोका कारण गाउँ नै त्रासमा रहेको स्थानीय लालबहादुर बोहराले बताए। पानी परेको समयमा घर छोडेर छिमेकीको घरमा जाने गरेको उनले जानकारी दिए।
विसं “२०७८ देखि पहिरो जान थालेको हो। त्यसपछि लगातार पहिरो खसिरहेको छ,” उनले भने, “पटकपटक पहिरोको दीर्घकालिन रोकथामका लागि सम्बन्धीत निकायसँगै माग गर्दै आएको भएपनि कुनै सुनुवाई भएन। अहिले पहिरोको जोखीम बढ्दै गएको छ।”
स्थानीयले पहिरो जोखीम कायमै रहेकाले बस्ती नै सार्नुपर्ने माग गरेका छन्। “घरमाथीको सबै जमिन चर्किएको छ। खानेपानीको पनि समस्या छ। बालबालिकालाई विद्यालय जान बाटो छैन,” पहिरोको जोखिममा रहेका कृष्ण बोहराले भने, “दीर्घकालीन समस्याको समाधानका लागि बस्ती नै सार्न सके राम्रो हुन्थ्यो।”
स्थानीय गम्भीर बोहराले लगातारको पहिरोका कारण आफ्नो मात्रै करिब १५ रोपनी बढी ख्यातियोग्य जमिनमा क्षति पुर्याएको बताए। “पहिरोले मकै बाली लगाएको सबै ख्यातियोग्य जमिन बगायो। घर पनि जोखिममा छ। अब जाने काँ ?”, बोहराले आँखाबाट आशु झार्दै भने।
बाँकी जमिन पनि चर्किएकाले थप क्षति हुन सक्ने स्थानीयले बताएका छन्। सुर्नया गाउँपालिका–८ वडाअध्यक्ष भानबहादुर बोहराले ४० रोपनीबढी मकैबाली लगाएको ख्यातियोग्य जमिनमा क्षति पुर्याएको बताए। सो क्षेत्रमा मात्रै ४० रोपनी बढी ख्यातियोग्य जमिनमा पहिरोले क्षति पुर्याएको उनले जानकारी दिए।
शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ। सो क्षेत्रको निरीक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले प्रभावित परिवारलाई अर्को स्थानमा स्थानान्तरणको आवश्यकता रहेको बताए। बस्ती स्थानान्तरणका लागि टेन्ट तथा त्रिपाल लगायतका सामग्री लगायतका जोहो गर्नुपर्ने भएकाले यसका लागि सरोकारवाला निकायसँग समन्वय भइरहेको उनले बताए।
“पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् सेवा सुचारु भइसकेकाले खानेपानीको समस्या समाधानका लागि निर्देशन दिइसकेका छौँ,” प्रजिअ अर्यालले भने।
पहिरोले बाटोसमेत बगाएकाले विद्यार्थीलाई आधा घण्टाको दुरीमा रहेको विद्यालय पुग्न डेढ घण्टा लाग्ने छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- वीपी राजमार्ग पुनःनिर्माणले तीव्रता: जाइकाले सुरु गर्यो बर्खेखोला–पिप्ले खण्डको काम
- काग तिहार पर्व आज: यमराजका दूत कागको पूजा
- एनपीएल आज: अपराजित लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबिच खेल
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम: पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने
- बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा ठूलो क्षति, तिहारलगत्तै पुनर्निर्माण सुरु गरिने
- हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल पार्वतीकुण्ड
- एनपीएल २०२६: लुम्बिनी र काठमाडौँको जित, आज सुदूरपश्चिम र कर्णाली भिड्दै
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- आजको मौसम पूर्वानुमान: हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा