बडादशैं तथा नवरात्रको आठौँ दिन आज आइतबार महाअष्टमी पर्व मनाइँदैछ। यस अवसरमा नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। देशभरका शक्तिपीठ, देवी मन्दिर, दशैँघर तथा घरघरका पूजाकोठामा महागौरीको विशेष पूजा गर्ने परम्परा छ।
वैदिक सनातन धर्मपरम्परा अनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिन्छ। महागौरीलाई पवित्रता, शान्ति, सौन्दर्य र कल्याणकी प्रतीकका रूपमा लिइन्छ।
धार्मिक ग्रन्थहरूमा महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण भएकी तथा श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ। देवीका चार हातमध्ये एक हातमा त्रिशूल, अर्कोमा डमरु तथा बाँकी दुई हात अभय र वरद मुद्रामा रहेको धार्मिक वर्णन पाइन्छ। महागौरीको आराधनाबाट मनोकामना पूरा हुने, दुःखकष्ट हट्ने तथा सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बाँसका सामग्री उत्पादनमा जुट्दै कटैयागाउँ, श्रम र सामाजिक सद्भावको नमुना
- काँकडभिट्टा नाका: गत वर्षको तुलनामा यस असोजमा चिया निर्यात दोब्बर
- आज नेपाल संवत् ११४७ को नयाँ वर्ष र म्ह: पूजा आराधना
- आज ११२औँ गणेशमान जयन्ती: लोकतन्त्रका ‘सर्वोच्च कमाण्डर’लाई सम्झिँदै
- देखासिकी र पश्चिमा संस्कृतिले देउसीभैलोको सांस्कृतिक पहिचान कमजोर बन्दै
- एनपीएल: आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै
- आज गोवर्द्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा आराधना
- भूराजनीतिक तनाव र आर्थिक चुनौतीका बीच सुरु भयो ‘ कोप’
- पहिरोको जोखिममा हाकुबेँसी, स्थानान्तरणका लागि स्थानीयको माग
- आज तिहारको चौथो दिन: विधिपूर्वक गाईको पूजा गरिँदै