राष्ट्रिय सभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकासका सम्बन्धी धेरै विषयमा कार्ययोजना तयार गरेको छ। समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा यही असोज ५ र ६ गते बसेको कार्ययोजना तयारी समितिको बैठकले सो निर्णय गरेको हो।
समितिले दिगो विकासका सम्बन्धमा सम्बन्धित मन्त्रालय र निकायसँग चालु विकास आयोजनाका सम्बन्धमा छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना तयार गरेको छ। यसैगरी विकास र कानून, विकास र सुशासनका सम्बन्धमा केन्द्रीय र प्रदेश स्तरको छलफल र अन्तरक्रिया गर्ने कार्ययोजना पनि तयार गरेको छ।
यसैगरी दिगो विकासका दृष्टिले पूर्वाधार, शहरी विकास, खानेपानी, सरसफाई, वातावरणीय सन्तुलन र फोहोर व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने पनि कार्ययोजना समितिले तयार गरेको छ।
यसका अतिरिक्त भ्रष्टाचार र अनियमितताको रोकथाम र नियन्त्रणमा, दिगो विकास लक्षित योजना तर्जुमा र कार्यान्वयनमा तथा दिगो विकासमुखी बजेट तर्जुमा गर्न बजेट निर्माणको प्रकृयामा सम्बन्धित निकायसँग अन्तरक्रिया गर्ने कार्ययोजना समितिले तयार गरेको छ।
यसैगरी मौलिक हकको कार्यान्वयनको अवस्थामाथि समीक्षा गर्ने, राष्ट्रिय गौरवका आयोजनाहरुको स्थलगत अनुगमन गर्ने, सुशासन र सेवा प्रवाहको स्थितिको समीक्षा गरी सुशासनको प्रवर्धन गर्न छलफल गर्ने, सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया गर्नेलगायतका कार्ययोजना समितिले तयार गरेको छ।
सरकारलाई राष्ट्रियसभाप्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिन समेतका लागि राष्ट्रिय सभामा नेपालको संविधान बमोजिम दिगो विकास तथा सुशासन समिति गठन भएको हो। राष्ट्रिय सभा नियमावली अनुसार नेपाल सरकारले अख्तियार गरेको दिगो एवं सन्तुलित विकास र सुशासन प्रवर्धन गर्ने विषय यस समितिको कार्यक्षेत्र हो। समितिले आफ्नो उदेश्य बमोजिम दिगो एवं सन्तुलित विकास र सुशासन प्रवर्धन गर्न समिति गठन भए लगत्तै कार्ययोजना निर्माणमा जुटेको हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
