उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको थियो ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार तोकिएको समयभित्र चार जनाको उम्मेदवारी परेको हो । नेकपा(एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
यस्तै १० दलीय सत्तारुढ गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टी नेपालका दुई जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाको तर्फबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने जनाएपछि दुई जनाको उम्मेदवारी परेको बताइएको छ ।
यस्तै जनमत पार्टीको तर्फबाट ममता झाको उम्मेदवारी परेको छ । आइतबारसम्म गठबन्धनले आधिकारिक उम्मेदवार तय गर्ने बताइएको छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै जनमत पार्टीका अध्यक्ष सिके राउतले सत्तागठबन्धनको तर्फबाट आइतबारसम्मसाझा उम्मेदवार तय हुने बताउनुभयो । आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
- आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
- नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
- सामाजिक सञ्जाल प्रतिबन्ध गर्ने सरकारको अल्टिमेटमप्रति ११ संस्थाको चिन्ता
- मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर
- आज आमाको मुख हेर्ने पर्व मनाइँदै, मातातीर्थमा मेला लाग्दै
- बारपाकीले बिर्सन नसकेका भूकम्प
