सेवालाई बिचौलियामुक्त बनाउन सप्तरीमा टोकन प्रणाली सुरु

विनय कर्ण/सप्तरी

जिल्ला प्रशासन कार्यालय सप्तरीले टोकन प्रणालीको सुरुवात गरेको छ। कार्यालबाट प्रवाह हुने सेवालाई बिचौलियामुक्त बनाउन टोकन प्रणाली सुरु गरिएको हो। एक कार्यक्रमकाबीच राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परविन र प्रमुख जिल्ला अकिकारी भूपेन्द्र थापाले संयुक्त रूपमा टोकन सेवाको उद्घाट्न गरेका हुन्। यो सेवासँगै अब दैनिक सेवाग्राहीले घण्टौं लाइनमा बस्नुपर्ने छैन।

कार्यक्रममा कार्यवाहक प्रमुख परविनले जिल्ला प्रसासन कार्यालयबाट प्रवाह हुने सेवालाई सहज बनाउन राजविराज नगरपालिकाले टोकन मेसिन सहयोग गरेको जानकारी दिइन्। आम जनताको सुविधाका लागि नगरपालिकाले उपहारस्वरूप मेसिन हस्तान्तरण गरेको बताउँदै यसबाट सेवाग्राहीले प्रभावकारी ढंगले सेवा पाउने विश्वास व्यक्त गरिन्।

प्रमुख जिल्ला अधिकारी थापाले टोकन प्रणाली सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज हुने बताए। बिचौलियाको प्रभावबाट मुक्त बनाई पारदर्शी सेवा प्रवाहको उद्देश्यसहित टोकन प्रणाली जडान गरिएको थापाले बताए। विगतमा दुई जना बिचौलियालाई पक्राउ गरी मुद्दा चलाएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘बिचौलियारहित सेवा प्रवाह गर्नमा यो टोकन प्रणालीले ठूलो भूमिका खेल्ने छ।’

जिल्ला प्रशासनमा निरक्षर सेवाग्राही पनि आउने गरेकाले यहाँबाट प्रवाह हुने सेवा सम्बन्धमा डिजिटल चार्ट र त्यो संगै मैथिली भाषाको ओडियो बजाएर सेवाग्राहीलाई जानकारी गराउने काम पनि भइरहेको थापाले जानकारी दिए। जिल्ला प्रशासनबाट प्रवाह हुने सबै किसिमका सेवाको निवेदन निःशुल्क उपलब्ध रहेकाले कार्यालयमा आएर निःशुल्क सेवा लिन सेवाग्राहीलाई आग्रहससमेत गरेका छन्।

यस्तै केही दिनमै शुद्ध खानेपानीको व्यवस्था गर्न लागिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘कसैले कुनै पनि सेवा लिने–दिने नाममा कसैसँग कुनै बहानामा पैसा माग्छन् भने तुरुन्त खबर गर्नुस् या मेरो कार्यकक्षमा आउनुस्, त्यस्ता कर्मचारी वा जोसुकैलाई कारबाही गर्छु।’

टोकन प्राणालीबाट राष्ट्रिय परिचय–पत्र, राहदानी, नयाँ नागरिकता र नागरिकताको प्रतिलिपिसहितका सेवा प्राप्त हुने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

विनय कर्ण/ सप्तरी का अन्य पोस्टहरु:
सेवालाई बिचौलियामुक्त बनाउन सप्तरीमा टोकन प्रणाली सुरु
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link